Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कोरोनाको कारण लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा

दमास्कस । कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

सिरियाका विभिन्न स्थानमा शरणार्थी शिविरमा रहेका उनीहरूको अवस्थाबारे नर्वेको शरणार्थी काउन्सिल, अक्सफामलगायतका अन्य संघसंस्थाले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्तो चेतावनी दिइएको हो ।

“लगभग एक दशकको युद्ध र विस्थापनको सामना गरिसकेका सिरियालीहरूले अहिले अकल्पनीय भोकमरीको सामना गरिरहेका छन्, लाखौं मानिस कोभिड–१९ को महामारीका कारण भोकै पर्ने स्थिति आएको छ । सिरियामा करिब ४२ प्रतिशत नागरिक खाद्य असुरक्षाबीच बाँच्नु परेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ भने कोरोनाका कारण सिरियामा सहयोगको अपेक्षामा रहेका नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

“कोभिड–१९ का प्रतिबन्धहरू, सिरियन पाउण्डमा आएको गिरावट र लाखौं मानिस विस्थापित भएको कारण ठूलो सङ्ख्यामा सिरियाली नागरिकहरू पेटभरी खाना खान पाइरहेका छैनन्,” विज्ञप्तिमा भनिएको छ । रकम र मानवीय पहुँचमा वृद्धि नगरेसम्म यस क्षेत्रका शरणार्थीहरुसहित धेरै सिरियालीहरु भोकमरीको नजिक पुगेका छन् ।

सिरियामा नौ बर्षको युद्धका कारण उनीहरूलाई निराशा र विनाशको घुमाउरो मैदानमा परेका छन् जुन हरेक बर्ष बिगिरहेको छ । “यसकारण पहिलेभन्दा बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको छ । “८० प्रतिशत सिरियाली दिनहुँ १।२५ अमेरिकी डलरभन्दा कम रकमका भरमा बाँच्दछन् तर केही हप्तादेखि यहाँ पाउरोटीको मूल्य दोब्बर बढेको छ,’ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार भनेको छ ।

रेडक्रसका अनुसार अहिले करिब ५० प्रतिशत सिरियालीहरूसँग दिनहुँ खानको लागि पर्याप्त मात्रा छैन ।

सिरियाली युद्ध नौ बर्ष भन्दा बढि तानिएको छ । सिरियामा यो अवधिमा तीन लाख ८० हजारभन्दा बढी मानिस मारिएका र दुई करोड सिरियाली आन्तरिक वा बाह्य रूपमा विस्थापित बनेका छन् । यो सिरियामा द्वन्द्व सुरू हुनुपूर्वको झण्डै आधा जनसङ्ख्या हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending