बेइजिङ । चीनमा विद्यालय शिक्षा छाड्ने दरमा राष्ट्रव्यापी रुपमा झण्डै ९९ प्रतिशतले कमी आएको छ । चीनमा नौ वर्षको अनिवार्य स्कुल शिक्षा प्रणाली छ ।
चीनको शिक्षा मन्त्रालयका अनुसार सन् २०१९ को शुरुमा करिब छ लाखले विद्यालय शिक्षा छाडेका थिए भने यसवर्षको जुन १४ सम्ममा ६ हजार ७८१ जनाले मात्र विद्यालय शिक्षा परित्याग गरेका छन् ।
मन्त्रालयले तयार पारेको अनिवार्य विद्यालय शिक्षाको प्रावधानको कार्यान्वयनमा कडाई गरेपछि विद्यालय छाड्ने दरमा कमी आएको बताइएको छ । चीनमा अहिले शारीरिक कठिनाईका कारण विद्यालयमा उपस्थित हुन नसक्ने बाहेक अरु सबैलाई विद्यालय शिक्षामा अनिवार्य समेटिने गरिएको मन्त्रालयको भनाई छ ।
नवौं वर्षको शिक्षा पूरा गर्ने विद्यार्थीको दरलाई पनि सन् २०२० को अन्त्यसम्ममा ९५ प्रतिशत पु¥याउने मन्त्रालयले जनाएको छ । चीन सरकारले गरिब परिवारका बालबालिकालाई अनिवार्य शिक्षामा समाहित गर्न विशेष पहल र कार्यक्रम शुरु गरेकै कारण विद्यालय छाड्ने दरमा कमी आएको हो ।
कोरोनाभाइरस समेतका महामारीका कारणबाट विद्यालय छाड्न नपर्ने वातावरण पनि तयार पारिएको शिक्षा मन्त्रालयले बताएको छ । रोजगारीका लागि पढाई छाड्ने विद्यार्थीहरुका निम्ति पुनः विद्यालय शिक्षामा समावेश गर्न तथा बालश्रमका लागि बालबालिका लैजाने गिरोहलाई कडा कारबाही गर्न सरकारले नयाँ निर्देशिका समेत जारी गरेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: