Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

हिलाम्य सडक: एक गाउँदेखि अर्को गाउँबीच सडक सम्पर्क विच्छेद

वीरजञ्ज । मनसुन सक्रिय भएपछि परेको वर्षाका कारण पर्साको ग्रामीण भेगका सडक हिलाम्य भएपछि एक गाउँदेखि अर्को गाउँबीच सडक सम्पर्क विच्छेद भएको छ । वर्षामा हुने असारे विकासको कारण पश्चिमी पर्साको थरुहट, पोखरीय लङ्गडी, हुलाकीखण्डलगायतका सडकमा माटो खसालेकाले एक वडाबाट अर्को वडासम्म्को सम्पर्क विच्छेद भएको, सडक जीर्ण तथा हिलाम्य रहेकोले यस्तो अवस्था आएको ठोरी गाउँपालिकाका वीरबहादुर श्रेष्ठले राससलाई बताए ।

सडक डिभिजन कार्यालय तथा ठेकेदारको लापरवाहीले वर्षा याममा ती सडकमा माटो खसालेपछि बिग्रेका कच्ची सडकमा साना सवारीसाधन जान नसकेकोले वडा वडाबीच सम्पर्क विच्छेद भएको छ । पर्साकै छिपहरमाई गाउँपालिका, धोविनी, सखुवा प्रसौनी, पटेर्वा सुगौली, जगरनाथपुर, जिराभावानीलगायतका गाउँपालिकामा सडक बिग्रेकाले स्थानीयवासी एक वडाबाट अर्को वडासम्म जान सक्ने अवस्था नरहेको स्थानीय किसान विजय पण्डितको गुनासो छ ।

सदरमुकाम वीरगञ्जलाई पर्साको ग्रामीण क्षेत्रसम्म जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको जनता सडक पनि जीर्ण तथा हिलाम्य भएपछि पटेर्वासुगौलीको सुगौली देउकी तथा धर्मपुर गाउँको पनि अवस्था यस्तै रहेको स्थानीयवासीको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending