चिप्लेढुङ्गा । धान विज्ञले यस वर्ष कास्कीमा धान उत्पादन वृद्धि हुने अनुमान गरेका छन् । अनुकूल मौसमका कारण अघिल्ला वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए ।
“यस वर्र्ष कास्कीमा धान राम्रो उत्पादन हुने सङ्केत देखिएको छ, क्षेत्रफलको हिसाबले पनि यस वर्ष उत्पादन वृद्धि हुन्छ ।” उनका अनुसार गत वर्ष कास्कीमा २५ हजार ६ सय हेक्टरमा धान खेती भएको र ९५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष अन्य कुनै समस्या धान उत्पादनमा देखिएन भने क्षेत्रफलका हिसाबले एक लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ । कास्कीमा मुख्य जेठोबूढो, रामधान, खुमल ४, खुमल ११, सावित्री, स्थानीय मन्सुलीलगायत मुख्य प्रजातिको धान लगाइन्छ । जेठोबूढो भने ४० प्रतिशत लगाइन्छ । सयभन्दा बढी उपप्रजातिका धान कास्कीमा लगाइने गरेको उनको भनाइ छ ।
अहिले कृषि क्षेत्रमा चुनौती देखिएको सलहका बारेमा उनले भने, “नेपाल आएको सलहको युनिटले त्यति नोक्सान गर्ने देखिँदैन, यो ‘डाइभर्ट’ भइसक्यो, पाँचदेखि सात लाखसम्म सलह आएको अनुमान छ । यो युनिटको सलहले अण्डा पारेर बच्चा निकाल्ने सम्भावना न्यून हुन जान्छ, त्यसैले पनि यसको ठूलो क्षति ब्योहोर्नु नपर्ला ।”
कास्कीको धानबाली अनुसन्धाता भानु पराजुलीका अनुसार कास्कीमा सन् १५०० देखि धान खेती हुँदै आएको छ । समुद्रफीँज नामक जात कास्कीमा सबैभन्दा पहिले लगाइएको धान हो । त्यसैगरी नेपालमा खेती गरिने धान एक औराइजा साटिभा एकवर्षीय बिरुवा हो । कास्कीमा दुई हजार ३५० मिटरको उचाइ छोमरुङमा पनि धान खेती हुन्छ । पराजुलीले प्राचीन धर्म ग्रन्थ ऋग्वेदमा समेत शाली धान्या, व्रीही धान्या, शुक धान्या, शिम्वी धान्या र क्षुद्र धान्यामा बाँडेर उल्लेख गरिएको बताए ।
लेखनाथको वेगनासमा मात्र ७४ उपप्रजातिको धान कृषकले लगाउने गरेका छन् । पराजुलीले यस वर्ष अन्य कुनै प्रकोप नभए धान उत्पादन राम्रै हुने बताए । “अहिले मौसम राम्रो छ, कोरोनाका कारण धेरैले कृषि कर्ममा ध्यान दिएका छन् । सलह सानो युनिटमा भएकाले ठूलो असर गर्ने देखिँदैन, उत्पादन हुने बेलामा कुनै त्यस्तो समस्या देखिएन भने राम्रो हुन्छ ।”
पोखरा –२३ ठूलाखेतका कृषक कलाधर भण्डारी आठ रोपनी जग्गामा जेठोबूढो धान रोप्दै आएको र बेलाबेला समस्या देखिँदै आएको बताउँछ् । “मैले लामो समयदेखि जेठोबूढो धान रोप्दै र यसको बीउ वितरण गर्दै आएको छु, कहिलेकाहीँ धान फुल्ने, कीराले खाने र आधा बाला झुल्ने गर्छ, कहिले भने निकै राम्रो फल्ने गरेको छ ।” उनले ठूलाखेत कृषि समूहमार्फत २० /२५ रोपनीमा जेठोबूढो धानको उत्पादन गरेर बिक्रीवितरण हुँदै आएको जानकारी दिए । उनका अनुसार प्रति केजी धानको बीउ रु १७० मा बिक्री हुँदै आएको छ ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा महानगरमा ११ हजार दुई सय हेक्टर जमीमा धान रोपिने र करीब ४० प्रतिशत पोखरेली जेठोबूढो रोपिने गरेको जानकारी दिए । मगमग बास्ना आउने जेठोबूढोे धान पछिल्लो समय उत्पादन घट्दै गएको उनको भनाइ छ । “जेठोबूढो कम फल्ने, बास्ना पनि कम आउन थालेपछि कृषकहरु बढी उत्पादन हुने धानतर्फ आकर्षित हुँदै गएका छन् ।” उनले महानगरले पोखरेली धान जोगाउन र उत्पादन वृद्धि गर्न अध्ययनअनुसन्धानपछि कृषकलाई अनुदान दिइरहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: