Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कर्मचारीप्रति कठोर हुँदै राज्य व्यवस्था समिति

काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा निजामती कर्मचारीलाई दिइएका केही अधिकार तथा सुविधा हटाउने तयारी भएको छ ।

आजको नागरिक दैनिकमा खबर छ - संसद्को राज्य व्यवस्था समितिले तयार गरेको निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीका केही अधिकार तथा खाइपाई आएका सुविधा हटाइएका छन् । ती अधिकार मस्यौदमा यथावत राख्न कर्मचारी नेताहरूले राजनीतिक लबिङ सुरु गरेका छन् ।

कर्मचारी नेताहरू शनिबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटी आफूहरूले खाइपाई आएको सुविधा नहटाउन आग्रह गरे । मस्यौदमा राखिएको व्यवस्था हुवहु आएमा निजामती सेवा ध्वस्त हुने भन्दै उनीहरूले दाहाल र देउवालाई सहमत गराउने प्रयास गरेका थिए ।

राज्य व्यवस्था समितिका सदस्यहरूले भने कर्मचारीलाई अनुशासित, मर्यादित तथा राज्यप्रति जिम्मेवारी बनाउन संघीय निजामती सेवा ऐनको मस्यौदमा केही व्यवस्था राखिएको बताउँछन् ।

‘राज्यको तलब खाएपछि राज्यको विरोध गर्न मिल्दैन,’राज्य व्यवस्था समितिकी सदस्य रेखा शर्माले भनिन्, ‘हामीले सरकारको होइन, राज्यको कुरा गरेका हौं, निजामती सेवा राज्यप्रति बफादार हुनुपर्छ भनेका हौं ।’ राज्य व्यवस्था समितिले मस्यौदमा नमिलेका प्रावधान मिलाउन प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनमा पार्टीपिच्छे कर्मचारी संगठन खोल्ने अधिकार बन्देज गर्दै एक मात्र आधिकारिक कर्मचारी युनियन रहने व्यवस्था गरिएको छ । अहिलको जस्तो विभिन्न नामधारी संघ,संगठन खोल्न मस्यौदामा रोकिएको छ ।

मस्यौदा लागू भएमा आधिकारिक कर्मचारी युनियनको चुनावमा कर्मचारी संगठनले भाग लिन पाउने छैनन् र व्यक्तिगत रूपमा मात्रै चुनावमा सहभागी हुनेछन् । अहिलेको कानुनमा आधिकारिक ट्रेड युनियनको चुनावमा व्यक्ति सहभागी नभई पार्टीगत खोलिएका कर्मचारी संघ, संगठन सहभागी हुने व्यवस्था छ ।

यसैगरी सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा राज्यको विरोध गरे पेन्सन खारेज हुने व्यवस्था मस्यौदमा गरिएको छ । यो व्यवस्था लागू भएमा अवकाश प्राप्त कर्मचारीले समेत राज्यको विरोध गर्न पाउने छैनन् ।

यसैगरी कर्मचारीले गोप्य राख्नुपर्ने सूचना कसैलाई दिएमा पेन्सन रोकिने व्यवस्था गरिएको छ । मस्यौदमा भनिएको छ,‘सामाजिक सञ्जाल वा कुनै सञ्चार माध्यममार्फत सामाजिक द्वेष वा कलह बढ्नेगरी र हिंसा भड्किने गरी राज्यविरूद्ध कुनै अभिव्यक्ति दिएमा वा गोप्य राख्नुपर्ने सूचना खुलासा गरेको पुष्टि भएमा नेपाल सरकारले दिने निवृत्तीभरण पाउने छैन ।’

कर्मचारी आन्दोलनका बेला सरकारलाई दबाब दिन कर्मचारीले सामूहिक राजीनामागरेमा त्यस्तो राजीनमा स्वीकृत गर्ने व्यवस्था मस्यौदामा राखिएको छ । नायब सुब्बाबाट शाखा अधिकृतमा आन्तरिक बढुवाको कोटा ३० बाट घटाई२० प्रतिशतमा झारिएको छ । कर्मचारीको विदेश अध्ययनमा पनि नियम कडा बनाइएको छ ।

मस्यौदामा आफूहरूले उपभोग गर्दै आएका अधिकार हटाउन लागेपछि कर्मचारी नेताहरू राज्य व्यवस्था समितिका सदस्यहरूसँग रुष्ट भएका छन् । हाल लागू भएको निजामती सेवा ऐन २०४९ले दिएका अधिकार कटौती नगर्न उनीहरूले राजनीतिक लबिङ सुरु गरेका छन् ।

अधिकार कटौती गरेमा आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन् । आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले संघ,संगठन खोल्ने अधिकारलाई सरकारले कटौती गरेमा आफूहरू सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

यसैगरी, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) का सचिव नवराज पाण्डले राज्य व्यवस्था समितिले तयार गरेको मस्यौदा कुनै परिमार्जन नगरी लागूभएमा कर्मचारी क्षेत्र निरुत्साहित र ध्वस्त हुने बताए ।‘मस्यौदा यही अवस्थामा लागू हुने हो भने निजामती सेवा सम्पूर्ण रूपमा ध्वस्तै हुन्छ,’उनले भने ।

राज्य व्यवस्था समितिको बैठकमा खासगरी पूर्व माओवादीनिकट सांसद जनार्दन शर्मा, पम्फा भुषाल तथा यशोदा गुरूङ संघीय निजामती सेवा ऐनमा कर्मचारीहरूप्रति केही केठोर देखिन्छन् । केही सांसदले पेन्सन तथा स्थायी गर्ने सुविधा समेत खारेज गर्नुपर्ने राय राखेका थिए । मस्यौदा संसद्मा दर्ता भएको डेढ वर्ष पूरा भएको छ । मस्यौदामा छलफल गर्न राज्य व्यवस्था समितिका ५४ वटा बैठक बसेका छन् तर मस्यौदा अझै अघि बढ्न सकेको छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: