Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने

नयाँ दिल्ली । भारतको दिल्ली राज्यका विद्यालयहरु कम्तीमा अझै एक महिना बन्द नै रहने भएका छन् । राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आगामी जुलाई ३१ तारिखसम्म राज्यभरीका विद्यालयहरु बन्द नै रहने निर्णय भएको जानकारी दिए।

लामो समयदेखि बन्द रहेका विद्यालयहरु कोरोनाभाइरसको त्रासका कारण अझै पनि सूचारु गर्ने अवस्था नरहेको उनको भनाई छ । दिल्ली राज्यको शिक्षा मन्त्रालयको जिम्मेबारी समेत लिनु भएका उप मुख्यमन्त्री सिसोडियाले सरोकारवाला उच्च सरकारी अधिकारीहरुसँगको बैठकले पनि तत्काल विद्यालयहरु खोल्ने अवस्था नरहेको ठहर गरेको जानकारी दिए ।

बैठकमा लकडाउन र कोरोनाभाइरसको अवस्थासँगै शैक्षिक क्रियाकलापलाई कसरी अगाडी बढाउने भन्ने बारेमा छलफल भएको थियो । विभिन्न योजनाहरु र तथ्य तथा तथ्यांकहरुमाथी एक एक गरेर बैठकमा छलफल गरेर विद्यालय बन्द रहने निर्णयलाई आगामी जुलाई ३१ सम्म कायमै राख्ने निर्णय भएको उप मुख्यमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रदेश मन्त्रालयको तर्फबाट उनले केन्द्रिय मानव श्रोत विकास मन्त्री रमेश पोख्रियाललाई यसअघि नै यस विषयमा पत्राचार गरिसक्नु भएको थियो । उनले विद्यालयहरुका लागि नयाँ नियम ल्याउन सुझाव पनि दिएका छन्।

उनले जिल्लागत रुपमा सरकारी तथा नीजि विद्यालयका शिक्षक तथा प्राध्यानाध्यापक, विद्यार्थी, अविभावकलगायतसँग गरिएको सर्वेक्षणका आधारमा विभिन्न निष्कर्षहरु निकालिएको र ती सवै विषय केन्द्रिय सरकारलाई पठाइएको बताए।

सर्वेक्षणबाट विद्यार्थीहरुको पढाई र विद्यालय पुनः सञ्चालन बारे फरक फरक प्रकारका सुझाव तथा उपायहरु संकलन भएको वक्तव्यमा लेखिएको छ । उनीहरुले प्राथमिक तहको पढाई सञ्चालन गर्दा हप्तामा एक वा दुई दिन मात्रै गर्न र प्रत्येक कोठामा १२ देखि १५ जना मात्रै विद्यार्थीहरु राख्न उपयुक्त हुने सुझाव दिएका छन् ।

त्यसैगरी कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि एक एक दिन विराएर पालै पालो कक्षा सञ्चालन गर्न अर्को सुझाव आएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । विद्यालयमा जाने व्यवस्था गर्दा पर्याप्त सेनिटाइजरको व्यवस्था गर्नु पर्ने, विद्यार्थीलाई मास्क वितरण गर्नु पर्ने, विद्यालयको प्रवेशद्धारमा हरेक दिन हरेक विद्यार्थीको ज्वरो नाप्नु पर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अप्नाउनु पर्ने उनीहरुको सुझाव छ ।

संभव भएसम्म अनलाईन अध्ययन अध्यापन कार्यलाई निरन्तरता दिनु पर्ने कुरामा अधिकांशको जोड रहेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई हप्तामा एक वा दुई वा तीन दिन मात्रै र कक्षा ९ र १० का विद्यार्थीहरुलाई सानो सानो समूह बनाएर हप्तामा एक वा दुई दिन मात्रै अध्यापन गराउन पनि शिक्षा मन्त्रालयलाई सुझाव आएको छ ।

कतिपयले कक्षा १० का विद्यार्थीहरुलाई उच्च सतर्कता अप्नाउन लगाएर सामाजिक दुरी कायम गर्दै दैनिक पढाउन पनि सकिने तर अनलाईन अध्यापनलाई भने निरन्तरता नै दिनु पर्नेमा विषेश जोड दिएका छन् ।

सुझाव दिनेहरुले कक्षा ११ र १२ को अध्ययन अध्यापन कार्य एक एक दिन विराएर गर्न सकिने वा अनलाईनबाट हुने अध्यापन कार्यलाई थप प्रभावकारी बनाउन सकिने सुझाव दिएका छन् ।
जसरी पढाए पनि दिनमा तीन वा चार घण्टा मात्रै पढाउनु उपयुक्त हुने अधिकांशको भनाई रहेको उप मुख्यमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

भावी दिनमा प्रारम्भिक चरणमा विद्यालयहरु सूचारु गर्दा माथी उल्लेखित सुझावहरुलाई मध्यनजर गरेर गर्न आफुहरुले पनि केन्द्रिय सरकारलाई सिफारिस गरेको उप मुख्यमन्त्री सिसोडियाले बताए ।एएनआई

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE