Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

गत जनवरीमा इरानमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ब्ल्याक बक्स अध्ययनका लागि फ्रान्स पठाइने

तेहरान । तेहरानको आकाशमा सन् २०२० को जनवरीमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ‘ब्ल्याक बक्स’को डाटा अध्ययनका लागि फ्रान्स पठाउन लागिएकोे इरानी विदेशमन्त्री मोहम्मद जवेद जरिफले सोमबार बताएका छन् ।

मन्त्री जरिफले उक्त कुरा क्यानडाली विदेशमन्त्री फ्राँस्वा फिलिप च्याम्पियनसँगको टेलिफोन वार्तामा बताएको हो ।

उक्त विमानको ब्ल्याक बक्स आगामी केही दिनमा तेहरानबाट फ्रान्स पठाइनेछ,”जरिफलाई उद्धृत गरी इरानी राष्ट्रिय समाचार संस्था, आइआरएनए, ले समाचारमा उल्लेख गरेको छ ।

बोइङ कम्पनीको यूक्रेनी ध्वजावहाक विमान ७३७–८०० विमान इरानको राजधानी तेहरानबाट यूक्रेनको राजधानी किभका लागि उडेको केही समयपछि तेहरानस्थित खोमेइनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गत जनवरी ८ तारिखका दिन दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना भएको वा हतियारको प्रयोग गरी खसालिएको थियो भन्ने विषयमा इरान, क्यानडा, बेलायत, अमेरिका, यूक्रेनबीच फरक मत देखिएपछि अन्तमा इरानले विमान खसालिएको कुरालाई स्वीकार गरेको थियो ।

विमानले १७६ यात्रुसहित चालक दलका सदस्य लिएर उडिरहेको समयमा दुर्घटनाग्रस्त भएको इरानले प्रारम्भिक अवस्थामा बताएको थियो ।

स्याटलाइट तस्वीरहरूमा विमानलाई कुनै मानव निर्मित वस्तु ९हतियार० आई ठोकिएपछि दुर्घटनाग्रस्त भएको भनी क्यानडालगायतका मुलुकले यसको स्वतन्त्र छानविनका लागि दवाव दिएपछि इरानले विमानलाई इरानी सैनिकले खसालेको स्वीकार गरेको थियो ।

केही समयपछि भने विमानमाथि इरानी सैनिक मिसाइल ‘भूलबस’ लागेको पुष्टि गरेको थियो । शुरूमा विमानको ब्ल्याक बक्स विदेश पठाउन नमानेको इरानले करिब छ महिनापछि यसलाई अध्ययनका लागि फ्रान्स पठाउन सहमत भएको हो । सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending