Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

चापागाउँदेखि टीकाभैरव जोड्ने राजकुलो सञ्चालनमा

ललितपुर । गोदावरी नगरपालिका–११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सञ्चालनमा आएको छ । वाग्मती प्रदेश सरकारले चालु वर्षमा रु ४९ लाख बजेट विनियोजन गरी मर्मत तथा सुधारको काम अघि बढाएसँगै उक्त कुलो सञ्चालनमा आएको हो । विसं २०४६ देखि राम्रोसँग सञ्चालनमा नआएको राजकुलोबाट यस वर्षदेखि पानी चालु भएसँगै चापागाउँ फाँटमा धमाधम धान रोप्ने काम भइरहेको छ । सो फाँटमा दुईतीन दिनभित्र धान रोप्ने काम सम्पन्न हुने नं १ टीकाभैरव राजकुलो सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर महर्जनले बताए ।

उनले भने, “यही असार २० गतेसम्ममा गोदावरीका १०, ११, १२ र १३ वडाका सम्पूर्ण खेतको रोपाइँ सकिन्छ ।” प्रदेश सरकारले दिएको बजेटअन्तर्गत ९९ प्रतिशत रकमले काम सम्पन्न गरिएको महर्जनले जानकारी दिए ।

आउँदो आर्थिक वर्षमा सो कुलो लगनखेल पुर्याउन विस्तृत प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सरकारले कुलो पुनःनिर्माणका लागि अर्को बजेट पनि थप गर्ने भएको ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले बताए । उनले भने, “यस कुलोलाई हामी व्यवस्थित बनाउनाका साथै एक सय वर्षसम्म सञ्चालन हुने खालको गराउने छौ।”

तीस वर्षपछि सञ्चालनमा आएको राजकुलोको पानीले यस वर्ष धान रोपाइँको काम धमाधम अघि बढिरहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । पहिलो चरणमा गत वैशाख १२ गते सो कुलोबाट पानी ल्याउन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रतिनिधिसभाका सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्य सञ्जेल र राजकाजी महर्जन, गोदावरी नगरपालिकाका प्रमुख महर्जन, केही वडाध्यक्षलगायत स्थानीय जनताले अनुगमन गरेका थिए ।

यसैगरी गत वैशाख २० गते महर्जनका अध्यक्षतामा १३ जनाको उपभोक्ता समिति गठन भएको थियो । दोस्रो पटक वैशाख २६ गते मन्त्री फुयाँलसहित प्रदेश तथा प्रतिनिधिसभाका सदस्य र नगरपालिका प्रमुखले अनुगमन गर्नुभएको थियो । सो कुलोको पानी धेरै वर्षअघिदेखि नै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) खुमलटारसम्म दैनिक पुग्ने गरेको बताइएको छ ।

प्रदेश सरकारले सार्वजनिक ऐन बनाउँदा शहरको सौन्दर्य देखिने गरी कुलोलाई अघि बढाउने मन्त्री फुयाँलले बताए । राजकुलोको पानीले गोदावरी र पाटनका ६४ ढुङ्गेधारा पुनःजीवित हुनाका साथै गोदावरीको करीब ६० हजार रोपनी जमीन सिँचाइ हुने भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: