Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कृषि क्षेत्रको अभिवृद्धि : अन्नपूर्ण गाउँपालिकाको समृद्धि

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा युवालाई आकर्षण बढाउन ‘युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रममा ‘कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ उनीहरुलाई कृषिमा आकर्षण गराउन सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।

कार्यक्रमबाट कोराना भाइरसको जोखिमबाट सिर्जित असमान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवाका ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनाका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिका भित्रका विभिन्न कृषियोग्य जामिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गरिने, मौसमी तथा वेमौसमी तरकारी तथा फलफुल उत्पादन तथा माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यवसायिकरण गर्न प्रोत्साहित गरिने गाउँपालिकाले नीति लिएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने उहाँले जानकारी दिए। उनका अनुसार यसका लागि जग्गा चक्लाबन्दी, गह्रासुधार र यन्त्र उपकरणमा दिँदै आएको अनुदान, प्लास्टिक टनेल, पक्की टनेल निर्माण र एक घर एक टनेल निर्माण कार्यलाई अभियानका रूपमा सञ्चालन गरिनेछ ।

गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवम् उत्पादित कृषि उपजलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गर्ने भनिएको छ । ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी कृषकले उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाका लागि प्रदेशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।

गाउँपालिकामा सङ्घीय सरकारबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गण्डकी प्रदेश सरकारबाट सञ्चालित मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रमलाई प्रभावकारी तुल्याउँदै त्यस क्षेत्रमा कृषिको विशेष पकेट क्षेत्र स्थापना गर्ने नीति अङ्गीकार गरिने उनले बताए ।

नगदे बालीतर्फको विशेष जोनका रूपमा सञ्चालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा विकास, विस्तार गर्नाका साथै स्थानीय कृषकको आयआर्जनको मुख्य क्षेत्रका रूपमा स्थापित गर्दै जाने नीति अङ्गीकार गरिने गाउँपालिकाले जनाएको छ ।

उनका अनुसार कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि विगतमा सञ्चालित अधुरा सिँचाइ आयोजनालाई सम्पन्न गर्न सङ्घ र प्रदेश सरकारसँग समन्वय गर्दै साना सिँचाइ कार्यक्रम गाउँपालिकाबाट सञ्चालन गरी सिञ्चित भूमिमा उत्पादनमुखी विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: