Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सांसद विकास कोषको रकम कुनै सांसदलाई व्यक्तिगतरुपमा दिइएको होइन : मन्त्री त्रिपाठी

\"\"

काठमाडौं । सङ्घीय ममिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको बजेट कुनै सांसदलाई व्यक्तिगतरुपमा नदिइएको प्रष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन विधेयक, २०७७ मा उठेको प्रश्नको जवाफ दिनुहुँदै उहाँले कार्यक्रम निर्माण गर्दा सांसदको सहभागितालाई सुनिश्चित गर्ने ढङ्गबाट अगाडि बढाइएको बताए । “सांसद भनेको जनप्रतिनिधि हुन्, निर्वाचन लडेर आएका हुन्, चन्दा पुरस्कारमा आएका होइनन् । त्यो निर्वाचनको बेलामा जनप्रतिनिधिले जनतासँगका सम्बन्धलाई वा त्यहाँ देखेका कठिनाइलाई सो कार्यक्रममार्फत सम्बोधन गर्ने हो”, उनले भने, “यो कार्यक्रम निर्वाचित सांसदलाई दिइएको होइन, यो त पूर्वाधार विकास कार्यक्रम हो, यसमा सबै सांसद अभिन्न अङ्ग हुनुहुन्छ ।”

मन्त्री त्रिपाठीले आगामी आवमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत विनियोजित रकमलाई स्वास्थ्य र कृषि क्षेत्रमा खर्च गर्नसमेत आग्रह गरे। “अहिलेको सङ्कटमा हाम्रो स्वास्थ्य अवस्था कस्तो छ रु नेपालले विकास गरेको स्वास्थ्य अवस्था अहिले उदाङ्गो भएको छ”, उनले भने, “अझ जनप्रतिनिधिको तहमा त स्वास्थ्य अवस्था झनै खस्केको छ, मेरो आग्रह छ यसपटक यो कार्यक्रमको रकम स्वास्थ्यमा बढी केन्द्रित गर्नुहोस् ।”

कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न कार्यविधिमा परिवर्तन आवश्यक भएकाले आफू त्यसको तयारीमा लागेको जानकारी दिदैं उहाँले सरकारले आगामी आवको बजेटमा सबै स्थानीय तह तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा साधन स्रोतको वितरण समन्यायिक तुल्याउन एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक, प्रत्येक निर्वाचन क्षेत्रमा विद्युत्, कृषि, सिँचाइ र नदी नियन्त्रणलगायत पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइ सबै निर्वाचन क्षेत्रमा स्वास्थ्य तथा पूर्वाधार विकासका बाँकी कार्य सम्पन्न गर्न स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रु छ अर्ब ६० करोड विनियोजन गरेको बताए ।

स्थानीय तहको केन्द्र जोड्ने सडकलाई पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले स्थानीय सडक पूर्वाधारले हिमाली तथा पहाडी जिल्लामा ठूलो फड्को मार्ने बताए । स्थानीय तहका प्रशासकीय भवन निर्माणका लागि सङ्घले समन्वयात्मक रुपमा रकम विनियोजन गरेको उल्लेख गर्दै उनले आफ्नै भवन नभएका पालिकालाई प्राथमिकताका आधारमा बजेट उपलब्ध गराइने बताए ।

सङ्घीयताले आफ्नो औचित्य अहिलेको सङ्कटको समयमा पुष्टि गरेको उल्लेख गर्दै उहाँले स्थानीय तहले अहिले असाधारण काम गरेर उदाहरण प्रस्तुत गरेको बताए । सङ्घीयताको अभावमा मुलुकले भूकम्पजस्तो महाविपत्ति भोगेको भन्दै अहिले स्थानीय तहले अतुलनीय काम गरिरहेका बताए ।

विगतमा मानव संशाधन निर्माण गर्ने भन्दा पनि सरुवा, बढुवामा लागेको सामान्य प्रशासन मन्त्रालयलाई आफूले मुलुकका समृद्धिका लागि आवश्यक मानव संशाधन निर्माण गर्न लागिपरेको बताए । कर्मचारी अभावलाई सम्बोधन गर्न निजामति सेवा विधेयक अन्तिम चरणमा पुगको उनको भनाइ छ । उनले कोभिड–१९ का कारण लोकसेवाका परीक्षा तत्कालका लागि स्थगन गरिएको सदनलाई जानकारी दिए। मन्त्री त्रिपाठीको जवाफमा चित्त नबुझेपछि सांसद अतहर कमाल मुुसलमान र प्रेम सुवालले प्रतिप्रश्न गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending