प्युठान । प्युठान नगरपालिका–१ खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै छन्। बन्दाबन्दीले अन्नलगायत खाद्य उपजमा भएको महँगी सम्झिएर उनी चार रोपनी बाँझो जमीनलाई खेतीयोग्य बनाउन लागेको हो ।
“कमाउने र किन्ने कसरी भन्ने चिन्ता छ”, कृषक आचार्यले भने, “यही बाँझो जमीनमा खेती गरे पनि उब्जेपछि त केही दिन धान्ला ।”
आचार्यसँंगै गाउँका कृषक सोही ठाउँमा रहेको बाँझो बगरमा खेती गर्न व्यस्त छन् । वर्षौँदेखि खाली जमीनमा यस वर्षदेखि खेती गर्न थालिएको छ । रोजगारीका लागि विभिन्न मुलुकमा गएका तन्नेरीहरु यस पटक गाउँ फर्केपछि बाँझो जमीनमा कृषि हतियार चल्न थालेका हुन् ।
झिमरुक जलविद्युत् उत्पादन केन्द्रमा पानी लैजानका लागि बनाइएको ड्याम साइट नजीक करीब ३५० रोपनी जमीन विसं २०४८ देखि बाँझो रहँदै आएको छ । किसानले खेती गर्न थाल्दा कम्पनीले रोकेपछि जमीन बाँझो बन्दै गएको थियो । साठीभन्दा बढी कृषकले यस वर्ष खेती गर्न लागेको बुटवल पावर कम्पनीका पूर्वकर्मचारी भोजबहादुर बस्नेतले जानकारी दिए।
त्यसैगरी प्युठान–१० मरन्ठानाको वडरामा जग्गा बाँझो रहेको १४ वर्षपछि खेती हुन थालेको छ । चार युवाले करीब १७ रोपनीमा खेती गरेको प्युठान–७ टिकुरीका राजन केसीले बताए । “बाँझो जमीनमा चार जना युवाले निःशुल्क रुपमा जग्गाधनीको सहमतिमा खेती गर्न थालेका छौँ”, केसीले भने, “पहिलो वर्ष खेतीयोग्य बनाउँदै सामान्यबाट शुरुआत गरेका छौँ ।” बाँझो जमीन खनेर मकैसंँगै भटमास, बोडी, तिल र रहर खेती गरिएको हो । खाली जमीन सदुपयोग गर्दै उत्पादन लिन र आय वृद्धि गर्न खेती गरिएको र अर्को याममा तरकारी खेती गर्ने योजना रहेको केसीको भनाइ छ ।
स्थानीयवासी धीरेन्द्र पण्डित, पशुपति पण्डित र निरन्जन जिएमले झिमरुक खोलाको बगरमा खेती गर्न थालेको हो । चौध वर्ष पहिले झिमरुकमा आएको बाढीले कुलो बगाएर खेतीयोग्य जमीन बाँझो बनेको थियो ।
बन्दाबन्दीका कारण युवाको कृषिमा आकर्षण बढ्न थालेको छ । प्युठान नगरपालिकाका खैरा, मन्ठाना, बिजुवार, धर्मावती र जुम्रीकाँढाका युवाले वर्षौँदेखि बाँझिएको जमीनमा खेती गरिरहेको प्युठान नगरपालिकाका कृषि शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए। ‘एक गाउँ एक कृषि प्राविधिक’अन्तर्गत नगरपालिकाका १० वडामा ६ प्राविधिकले कृषि परामर्श गरिरहेका छन् । “सबै वडामा बाँझो रहेको भूमिमा खेती गर्न प्राविधिकले परामर्श गरिरहेका छन्”, पोख्रेलले भने “बन्दाबन्दीले युवामा नयाँ जोश र कृषि पेशामा आकर्षण थपेको छ ।” नगरपालिकाका बाँझो जमीनमा खेती गर्ने कृषकलाई बीउ आदिमा प्रोत्साहन गरिने भएको छ । पोख्रेलका अनुसार यस वर्ष नगरपालिकाका करीब ६ सय रोपनी बाँझो जमीन खनेर खेती गरिँदैछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: