Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

कोरोनाका नाममा सरकारले अनुमानभन्दा ३ अर्ब बढी सक्यो

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ । कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा यो रकम खर्च भएको सरकारको भनाइ छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यो रकम केन्द्र एउटैले मात्र गरेको खर्च विवरण भने होइन। केन्द्र, प्रदेश र स्थानीय सरकारबाट ४ महिनायता भएको खर्चको एकमुष्ट विवरण हो । खर्च भएको रकममध्ये केन्द्रीय सरकारबाट ६ अर्ब ३ करोड, सातै वटा प्रदेश सरकारबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट २ अर्ब ७६ करोड रुपैयाँ रहेको जनाइएको छ । केही स्थानीय तहले गरेको खर्च विवरण केन्द्रमा आइनपुगेकाले यो खर्चमा नजोडिएको पनि उल्लेख छ ।

केन्द्र सरकारले विनियोजन गरेको बजेट, कोरोना कोषको रकम, प्रदेश सरकार र स्थानीय सरकारको बजेटबाट ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

‘अहिलेसम्म कुल ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको छ, यसमा केही स्थानीय तहले गरेको खर्च विवरण आइनपुगेकाले जोडिएको छैन, त्यसमा केही थप हुन सक्छ,’ सचिव बिडारीले भने, ‘यसमा राष्ट्रिय संघसंस्था, दातृ निकायका अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भएको छ । सार्वजनिक गरिएको खर्च विवरणमा त्यो जोडिएको छैन ।’

सरकारले औषधि खरिद प्रक्रियादेखि अन्य कतिपय कोभिड १९ नियन्त्रण तथा रोकथामका योजनामा गरिएको खर्च विवरण पारदर्शी नबनाउँदा आर्थिक अनियमितता भएको हुन सक्ने भन्दै सम्पूर्ण खर्च एकीकृत प्रणालीबाट गरिनुपर्ने र खर्च भएका क्षेत्रबारे जानकारी दिनुपर्ने आवाज जनस्तरबाट उठ्न थालिरहेका बेला बुधबार उच्चस्तरीय समितिको बैठकमा मोटामोटी खर्च विवरण सार्वजनिक भएको हो ।

फागुन ४ मा चीनको हुपे प्रान्तका ६ सहरमा रहेका १ सय ७१ नेपालीलाई वुहानबाट स्वदेश ल्याउने र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दादेखि अहिलेसम्मको खर्चसमेत यसैमा जोडिएको सचिव बिडारीले बताए ।

‘केही स्थानीय तहले आफूले गरेको खर्चको विवरणमाथि केन्द्रमा पठाइसक्नुभएको छैन, उहाँहरूले गरेको खर्च विवरण आउन बाँकी नै छ, त्यो जोडिएको छैन, त्योसहित जोड्दा खर्च रकम स्वाभाविक रूपमा बढ्नेछ,’ सचिव बिडारीले भने ।

यो खर्च विवरणमा केन्द्र सरकारले सात वटै प्रदेशलाई क्वारिन्टाइन तथा आइसोलेसन कक्ष निर्माणका लागि प्रतिप्रदेश २ करोडका दरले उपलब्ध गराएको रकम समेत उल्लेख गरिएको छ । औषधि, उपकरण र औषधिजन्य सामग्री खरिदको काम संघीय सरकार, अस्पताल निर्माण र स्तरोन्नति प्रदेश सरकार तथा क्वारेन्टाइन निर्माण र सञ्चालन खर्च स्थानीय तहले गरेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies