Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

शे–फोक्सुण्डो निकुञ्जद्वारा १७ थान भरुवा बन्दुक बरामद

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा बन्दुक र एक थान नाल बरामद गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने संरक्षित एवं दुर्लभ वन्यजन्तुको चोरी शिकारी रोक्न अप्रेशन नै चलाएर हातहतियार खोजी गर्न शुरु गरेपछि १७ थान भरुवा बन्दुक, एक थान नाल बरामद गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करेलीकाँडा छल र ठूलीभेरी नगरपालिकामा साँङ्टालगायतका ठाउँबाट बन्दुक र नाल बरामद गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए। सेना र कर्मचारीसहितको गस्ती टोलीले यसअघि पनि २० थान भरुवा बन्दुक, एक नाल, तीन थान घोरलका छाला बरामद गरिसकेको छ । सबै गरेर ३७ थान भरुवा बन्दुक, तीन थान घोरलका छाला र दुई नाल बरामद भइसकेको र खोजीकार्य जारी रहेको संरक्षण अधिकृत पौडेलले बताए ।

बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगार्डमा राखिएको छ । निकुञ्जले हातहतियार बुझाउन सूचना जारी गर्दै आएपछि स्थानीयले पक्राउ पर्ने त्रासले घरदेखि टाढा लगेर बेवारिसरूपमा फालेको अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । बेवारिसे फेला परेका भरुवा बन्दुकका कसका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हातहतियार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको छ । निकुञ्जमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तु र सम्पूर्ण वन पैदावारको चोरी तस्करी रोक्न निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मको सेना रातदिन खटिरहेको गुल्मपति लेखनाथ कटवालले जानकारी दिनुभयो । यस निकुञ्जमा दुर्लभ वन्यजन्तु हिउँ चितुवासमेत पाइने गर्दछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies