Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

मातृकाले शौचालयमा थुनेका तत्कालीन एलडीओको बयानः ‘मातृका घमण्डी हुन्’

\"Matrika-Danda\"डन्डुराज घिमिरे सामान्य प्रशासन मन्त्रालयमा सह–सचिव छन् । २०६५ असारमा प्रचण्ड नेतृत्वको सरकारका तत्कालीन बन तथा भूसंरक्षण मन्त्री मातृका यादवले उनलाई अनियमितता गरेको भन्दै शौचालयमा आधा घण्टा सम्म थुने । कर्मचारीलाई शौचालायमै थुनेका यादवले केही दिन भित्रै राजिनामा दिए । ललितपुरको तत्कालीन जिल्ला विकास अधिकारी घिमिरे त्यतिबेलाको घटना यसरी सुनाउँछन् । ठ्याक्कै तिथिमिति मैले बिर्सिसकेको छु । २०६५ सालको असारकै महिनाको अन्तिमतिर । जिल्ला परिषद्को तयारी हुँदै थियो । विषयगत समितिहरुको बैठक बसीराखेको थियो । म ललितपुर जिल्लाको स्थानिय विकास अधिकारी थिएँ । त्यतिबेला त्यहाँ बैध अबैध ढुङ्गाखानी थिए । ती सबैलाई तिन दिन भित्र रोक्न तत्कालीन वन मन्त्री मातृका यादवको आदेश थियो । मैले तिन दिन भित्र अलि सकिँदैन की भन्ने बुझाउन प्रयत्न गरेको थिएँ । तर सबै बन्द गर्न सक्ने मसँग अधिकार थिएन । सबै कुरालाई कानुन र नियमसंगत तरिकाले गर्नुपर्ने हुन्थ्यो । खानी समिति थियो । जिल्ला विकास समिति बोर्ड थियो । सर्वदलीय संयन्त्र थियो । म त एलडिओ न थिए । खानी विभाग थियो । वातावरण मन्त्रालयपनि थियो । बन्द गर्ने भन्दा पनि त्यसको रेगुलेशन गर्ने कर्तव्य जिल्ला विकास समितिको हो । तर तिन दिन भित्र सबै खानी बन्द गर्न सक्ने अवस्था थिएन । किनभने कसैले कतिपयले आफ्नो जग्गामा खानी खोलेका थिए । धेरैले नियम कानुनलाई मानेरै खोलेका खानीहरु थिए । खेतबारी किनेर खानी सञ्चालन गरेका थिए । लाइसेन्स रिन्यु गरेरै चलाएका थिए । रिन्यु नगरी चलाएका खानीहरु पनि थिए । मैले त्यस्ता खानीलाई म स्थानिय विकास अधिकारी भएर जानेवित्तिकै बन्द गरिसकेको थिएँ । विभागिय हिसाबले उहाँ वनमन्त्री हुनुहुन्थ्यो । म स्थानिय विकास मन्त्रालय अन्तर्गतको जिल्ला विकासमा थिएँ । उहाँले रेगुलेशन गर भन्नुपर्नेमा बन्द गर भनेर आदेश दिनुभयो । म अहिले पनि उहाँलाई सम्मान गर्छु । पोलिटीकल मास्टर भनेको हामीले मान्नुपर्ने व्यक्तीत्व हुन् । एक स्टेप अगाडी नै राख्छु । मैले मन्त्री ज्यु ‘यो स्तरका खानीहरु छन् । मजदुरका रोजी रोटीका कुराहरुपनि छन् । रोजगार नपाएको नपाएको भोलिपल्ट मजदुरहरु तपाईंलाई नै घेर्न आउँछन् । त्यसलाई व्यवस्थीत तरिकाले रेगुलेशनमा ल्याउनको लागि स्टडी गराउँ त्यसमा मैले पूर्ण रुपमा सहयोग गर्छु । मलाई पनि गाह्रो भइरहेको छ । जिल्ला विकासले सबै गर्ने भए वन कार्यलयको कर्तव्य के हो ?’ भनेर प्रश्न गरेको थिएँ । जिल्ला विकास समिति भनेको स्थानिय तवरमा विकासको लागि बनेको संरचना हो ।’ हामी ब्युरोक्रेसीका मास्टरहरुले हरेक समस्याहरुलाई स्केप गरेर हुन्न । नबुझेको छ कसैलाई भने बुझाउनुपर्छ । मैले मन्त्रीजीलाई बुझाउन खोजेको थिएँ । नबुझेको कुरा यस्तो हो है भन्नुपर्छ । तर उहाँमा एउटा दम्भ रहेछ । ‘यो संसारमा मैले नबुझेको कुरा केही छ ? यसले मलाई बुझाउन कोसीश गर्छ ।’ भनेर ठान्नु भएछ । गल्ति त्यहिँनिर भएको हो । अवस्थाको जानकारी दिनु थियो । मैले दिएँ । संसार अनन्त छ । संसारमा धेरै कुरा छ । कसैले कसैलाई बुझाउने त होइन । कसैसँग पनि धेरै ज्ञान छैन । पूर्णज्ञानी कोही भएको भए त्यो मान्छे कति शक्तिसाली हुन्थ्यो होला । कसैले सुनाएको सिमित कुराको भरमा पूर्ण ज्ञान छ भन्नु आफैमा गलत हो । घटना भएको दिन दिन उहाँहरु ललितपूरको देविचौर भन्ने ठाउँमा निरिक्षण गर्न जानुभएको रहेछ । एउटा मान्छे वनमा खोरिया विराउन लागेको देख्नुभएछ । उसलाई समातेर ल्याउनुभएछ । प्रहरी लगाएर जिल्ला वनमा थुन्नुभएछ । यो खोरिया खन्न कसले दिएको भन्ने सोधखोज भएछ । जिल्ला विकास समितिले भनने उत्तर आएपछि, एलडिओको खोजी भएछ । डण्डुराज घिमिरे भन्ने थाहा भएपछि उसले किन रोकेन भन्ने प्रश्न आएछ । मन्त्री ज्युलाई नियम थाहा थिएन । स्थानिय विकास मन्त्रालय अन्तर्गत थिएँ । त्यसपछि मलाई वनमन्त्रालयमा डाकियो । म विषयगत समितिको बैठकमा थिएँ । बैठकै छाडेर वन मन्त्रालय हिँडे । नेपाल सरकारको एउटा मन्त्रीले बोलाएपछि म जानैपथ्र्यो ।  
त्यसपछि मन्त्री ज्यू म भएतिर आउनुभो । पाखुरामा समात्नुभो । कार्यकक्ष र बैठक कक्षबाट बाहिर लानुभो । मैले सोचेको थिएँ, ‘सल्लाहा गर्न लैजाँदै हुनुहुन्छ । तर ट्वाईलेट भित्र पुर्याउनु भयो । बाहिरबाट छिस्कने लगाइदिनु भो । करिब आधाघण्टा सम्म ट्वाइलेटमै बसेँ । भित्र केही सोच आएन । करिब आधा घण्टापछि सचिव ज्यू आएर खोल्दीनु भयो । त्यसपछि म सरासर मन्त्री भएतिर गएँ ‘म बस्दिन मन्त्री ज्यु भनेर हिँडे ।’

बोलाएर चार घण्टा कुराईयो । चार घण्टापछि वनमन्त्रालयमा बैठक सुरुभयो । बैठक चलेपछि मलाई स्पष्टिकरण सोधीयो । बनका स्टापले के हो, यस्तो भनेर प्रश्न गर्दै हुनुहुन्थ्यो । चार पाँच जना डिजिहरु थिए । कानुन अधिकृत लेखा अधिकृत, सचिव, मन्त्री थिए । म मात्रै बाहिरको मान्छे थिएँ । सबैले स्पष्टिकरण सोधी रहेका थिए । मैले आफ्नो तर्फबाट स्पष्ट पारिरहेको थिएँ । ‘मन्त्री ज्यु म पनि रेगुलेशन गर्न लागिरहेको थिएँ तर सकेको छैन । मैले दुई तिनवटा खानी बन्द गरिसकेको छु । अन्य गर्नको लागि समय लाग्ला सकिरहेको छैन । तर, हजुरले भनेजस्तो तिन दिन भित्र आदेश दिने अथोरिटी म होइन । खानी विभाग पनि छ । जिल्लामा बोर्ड छ । मजदुरको रोजी रोटीको कुरा छ । समस्या समाधान दुवै हुनुपर्छ मैले भने ।’ मैले यसो भन्दै थिएँ । उहाँले ‘मैले भनेपछि नमान्ने तँ को हो ?’ भन्नु भयो । उहाँले भन्ने वित्तिकै मान्नुपर्ने कानुनमा लेखेको थिएन ‘सबै खानी खारेज गर्न के गर्नुपर्यो मैले ’ भनेर मन्त्री ज्युले सोध्दै हुनुहुन्थ्यो । मैले ‘तीन दिन भित्र सक्दिनँ तर अध्ययन गर्न सकिन्छ ’ भनेको थिएँ । समिति गठन गर्न प्रस्ताव गरेको थिएँ । उहाँले तीन दिन भित्र बन्द गर्नु आदेश दिँदै हुनुहुन्थ्यो । जिल्ला वन अधिकृत प्रकाश प्याकुरेल हुनुहुन्थ्यो । ‘ए.. प्याकुरेल जी.. तपाईं सक्नुहुन्छ ?’ अधिकृत प्याकुरेल जीलाई मन्त्री ज्यूले सोध्नुभयो । प्याकुरेलजीको हात, शरिर नै कामिराखेको थियो । ‘म त सक्छु हजुर सक्छु ..’ उहाँले भन्नुभयो । मन्त्रीज्युले के चाहियो त तिमिलाई भनेर प्रश्न गर्दा उनले भने, ‘१२ जना महिला प्रहरी, २५ जना सशस्त्र प्रहरी चाहियो ।’ तर, उसँग त्यो अथोरिटि नै थिएन । त्यो दृष्य सम्झेर मलाई घृणा लागेर आउँछ । क्याकुरेलको त्यो जवाफ आएपछि मन्त्रीज्यु म भएतिर फर्कनु भयो, ‘उसले चाहिँ सक्ने तैँले चाहिँ नसक्ने किन, कारण के ?’ उहाँको प्रश्न थियो । ‘मैले त जे अवस्था छ त्यहि बताएको हो मन्त्री ज्यु, मलाई ढाँट्नु केही पनि छैन । तपाईंलाई गलत कुरा बताउन केही जरुरी पनि छैन ।’ मैले भने । मसँग जे हैसियत छ त्यहि वास्ताविकता थियो । त्यसपछि मन्त्री ज्यू म भएतिर आउनुभो । पाखुरामा समात्नुभो । कार्यकक्ष र बैठक कक्षबाट बाहिर लानुभो । मैले सोचेको थिएँ, ‘सल्लाहा गर्न लैजाँदै हुनुहुन्छ । तर ट्वाईलेट भित्र पुर्याउनु भयो । बाहिरबाट छिस्कने लगाइदिनु भो । करिब आधाघण्टा सम्म ट्वाइलेटमै बसेँ । भित्र केही सोच आएन । करिब आधा घण्टापछि सचिव ज्यू आएर खोल्दीनु भयो । त्यसपछि म सरासर मन्त्री भएतिर गएँ ‘म बस्दिन मन्त्री ज्यु भनेर हिँडे ।’ धेरै ठूलो अपेक्षा राखेर मैले जागिर खाएको मान्छे होइन । त्यो ट्वाइलेटमा नबसेको होइन । सधैभरि बसेको नै हो तर किन बसियो भन्ने मात्रै प्रमुख कुरा हो । अहिले पनि त्यहाँ जाँदा त्यो ट्वाइलेटमा छिर्छु होला नी । तर मुल कुरा भनेको कसैले पनि घमण्ड पाल्नु हुन्न । उहाँमा घमण्डको मात्रा बढी नै थियो । म एउटा सामान्य एलडिओसँग घमण्ड देखाएर के गर्ने ? सेकेण्ड क्लास अफिसरलाई देखाएर फाइदा थिएन । त्यो घटनापछि मलाई मान्छेहरुले अनावश्यक रुपमा सोध्ने खोज्ने गर्न थाले । म अनावश्यक टर्चर सहन नसक्ने मान्छे । बेकारको फोनहरु निकै आए । आफू बेकारमा त्यो घटनामा परेको थिएँ । उचाल्ने पनि साथीहरु आए । आन्दोलन गर्न जाउँ भन्नेपनि आए । जुलुस पनि गरे । मैले सामान्य कुरा लेखेर कान्तिपुरमा दिएँ । परिवारलाई मानसीक रुपमा निकै गाह्रो भयो । मैले घटनाको विषयमा परिवारलाई भनेका थिइन । मैले त जिन्दगीमा त्यस्ता अफ्टेरोहरु धेरै सामना गरेको छु, तर परिवारमा निकै पिडा हुँदो रहेछ । यो संसारमा सोझो तरिकाले बाटो अंगालेकालाई टिक्न धेरै गाह्रो छ । सिम्पल हुँदा के विग्रिन्छ मेरो प्रश्न नै यहि हो । लपन छपन किन गर्ने , साधारण हुँदा के विग्रिन्छ ? तर मैले साधारण भएबापतको सजायँ पाएको थिएँ जस्तो लाग्छ । अन्य कारण थियो भने मन्त्री ज्युले नै जानुन् ।                                                                                                        सुदीप विश्वकर्मासँगको कुराकानीमा आधारित

   
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending