काठमाडौं । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ ।
कोभिड १९ को जोखिम नियन्त्रणमा भइरहेको प्रयास र राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी दिन नेपाली सेनाद्धारा आज यहाँ आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोभिड–१९ नियन्त्रणका लागि सरोकारवालाबीच राष्ट्रिय एक्यबद्धता आवश्यक रहेको जानकारी दिइयो ।
कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म काबु बाहिर नरहेको बताउँदै सेनानी नवीन फुयालले सम्भावित सङ्क्रमित व्यक्तिको सहि पहिचान र परीक्षण गरिएकाले थोरै परीक्षणबाट पनि धेरै सङ्क्रमित फेला परेको हो भने । उनले भने, “परीक्षणको दायरालाई ठीक ढङ्गबाट अघि बढाइएको छ, अहिलेसम्म सङ्क्रमण काबु बाहिर गएको छैन, आगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी परीक्षण विस्तार लगायतका तयारी गरिएको छ ।”
सरकारले यसअघि नै परीक्षणको दायरा बढाएर कूल जनसङ्ख्याको दुई प्रतिशत पु¥याउने घोषणा गरिसकेको छ । यसैबीच, सेनाले काठमाडौँ, तराई मधेश दु्रतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्रै पूरा गर्न हालसम्मको लकडाउनबाट खासै असर नपर्ने जानकारी दिएको छ । उक्त आयोजनाका प्रमुख सहायकरथी शरदलाल श्रेष्ठले भने, “कोभिड १९ का कारण आयोजनालाई सहजरुपमा अघि बढाउन केही चुनौती भए पनि अहिलेसम्मको लकडाउनले तोकिएको समय सीमाभित्र आयोजना पूरा गर्न खासै असर पु¥याएको छैन ।”
लकडाउन लम्बियो र अन्तर्राष्ट्रिय परामर्शदाता आउन कठिनाइ भएको खण्डमा भने समयमा आयोजना पूरा गर्न चुनौती हुनसक्ने बताउँदै उनले भने, “यदि त्यो स्थिति आयो भने अरु विकल्प र कार्ययोजना बनाएर काम गरिने छ ।” मुलुकको विकासको मेरुदण्डको रुपमा रहेको द्रुतमार्ग सबैभन्दा प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो । ललितपुरको खोकनादेखि निजगढसम्म करिब ७२ किलोमिटर लामो दूरीको उक्त सडक नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले कोभिड १९ को नियन्त्रणका लागि राष्ट्रिय ऐक्यबद्धता आवश्यक भएको औँल्याए । उनले कोरोना १९ सँग सम्बन्धित चीनबाट खरिद गरिएको केही स्वास्थ्य सामग्री आइसकेको र बाँकी सामग्री केही दिनभित्र आइपुग्ने उनले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: