पाँचथर । पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीले व्यवसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेकाले उक्त अवधिको भाडा छुट गराउन माग गरेका हुन् । बन्दाबन्दीको दुई महिना पूरा हुँदा घरधनीले भाडा माग्ने र नदिए व्यवसाय बन्द गर्न दबाब दिएको उनीहरुको गुनासो छ ।
विशेषत साना तथा मझौला व्यवसायी बन्दाबन्दीको चपेटामा परेकाले बन्दाबन्दीका समयको भाडा छुट गराउन माग गरिएको व्यवसायी सुनिता केरुङले बताए । “व्यवसायी लकडाउन भन्न पाएका छैनन् । घरभाडा नबुझाइ नहुने, बैङ्कको किस्ता पनि तिर्नै पर्ने अवस्था आएको छ”, केरुङले भने, “धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले भाडा मात्रै भए पनि छुट गराउन माग गरेका हौँ । कतिपय व्यवसायीलाई जीवन निर्वाहमा समस्या सिर्जना हुन थालेको तथा बैंक तथा वित्तीय संस्थाको ऋण र किस्ता बुझाउन असमर्थ हुँदा व्यवसाय छोड्नुपर्ने स्थिति आएको व्यवसायी लक्ष्मण लावतीको भनाइ छ ।
व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले व्यवसायीलाई परेको समस्याबारे आफूहरु जानकार रहे पनि सङ्घीय सरकारबाट स्पष्ट नीति नबन्दासम्म स्थानीयस्तरमा ठोस काम गर्न कठिन परेको बताए । उनले नगरपालिकाभित्र बन्दाबन्दीका समयको भाडा छुट गराउन आफूले पहल गर्ने बताए। पाँचथर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज घिमिरे बन्दाबन्दीको प्रभावले कतिपय व्यवसायीले नै व्यवसाय बन्द गरेको बताउछन् । “घर भाडा, बैंकको ऋण र दैनिकी सञ्चालनमा समस्या पर्दा कतिपयले व्यवसाय नै बन्द गरेका छन्”, घिमिरेले भने ।
पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल व्यवसायीलाई कर, ब्याजदर र भाडा छुट अत्यावश्यक रहेको बताउछन् । यहाँका व्यवसायीका गुनासा उद्योग वाणिज्य सङ्घका प्रदेश तथा केन्द्रीय समितिमा समेत राखिएको बताउँदै अध्यक्ष नेपालले सङ्घीय सरकारले स्पष्ट नीति बनाइ व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए । बन्दाबन्दीका समयको घरभाडा छुट गराउँदा घरधनीलाई घरबहाल करको दायरामा ल्याउने अवसरसमेत रहेको नेपालको भनाइ छ । “अहिलेसम्म व्यवसायीले नै घरधनीको घरबहाल करसमेत तिर्नुपर्ने अवस्था थियो । अब घरधनीलाई घरबहाल करको दायरामा ल्याउन भाडा छुटका लागि कुनै मापदण्ड बनाउनैपर्छ”, उनले भने ।
यहाँ धेरै साना तथा मझौला व्यवसायी लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । धेरैले आफूकहाँ रहेको सामग्री बिक्री गरिसकेका छन् र व्यवसायको चालू पूँजीसमेत दैनिकी चलाउन खर्च गरिसकेका छन् । “भाडा छुट दिएर मात्रै पनि पुग्दैन । लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालनमा आउँदैनन्”, अध्यक्ष नेपालले भने, “सामान बिक्री भइसक्यो, सङ्कलित रकमसमेत दैनिकीमा खर्च भयो । अब सरकारले चालू पूँजी सस्तो ब्याजदरमा उपलब्ध गराउनुपर्छ ।” पाँचथरमा पाँचथर उद्योग वाणिज्य सङ्घ तथा सरकारी निकायमा दर्ता भएका झण्डै तीन हजार व्यवसायी छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: