Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

खोटाङ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर इटहरीबाट गाउँ आएको केही समय नबित्दै शनिबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका पाँच स्थानीय बासिन्दा आफन्तको मृत्यु भएको कागजात बनाएर तरहराबाट गाउँ आएको खुलेको हो ।

बन्दाबन्दीको समयमा व्यक्तिगत र पारिवारिक काम गर्न कतिपय अवस्थामा यात्रा गर्नैपर्ने अवस्था आउने भए पनि कतिपयले विभिन्न बहाना गर्दै शहरबाट गाउँ भित्रिने गरेको खुलेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । “बीस वर्षअघि मृत्यु भएका जगतबहादुर थापाका आफन्तले गत जेठ–८ गते मृत्यु भएको नक्कली कागजात तयार गरेर मृत्यु संस्कारका लागि भन्दै शनिबार साँझ गाउँ आएको खुलेको छ”, उनले भने, “नक्कली कागजातकै भरमा दिक्तेल आइपुगेका उनीहरुलाई प्रहरीले रोकेपछि जनप्रतिनिधिको आग्रहमा क्वारेन्टिनमा राख्ने गरी छाडिएको छ ।”

इलाका प्रहरी कार्यालय पोकली सुनसरीले उपलब्ध गराएको कागजातमा पनि जेठ ८ गते आफन्तको मृत्यु भएकाले मृत्यु संस्कारका लागि पास उपलब्ध गराइएको उल्लेख छ । दुई दशकअघि मृत्यु भएका वृद्धको अन्तिम संस्कारको कागजात बनाएर गाउँ आउनेमा थापा, चौहान, कार्की र कठायत थरका रहेका छन् ।

नक्कली मृतकको कागजात बनाएर आउँदै गरेका उनीहरुलाई खोटाङ प्रवेश गर्ने नाका जयरामघाटमा प्रहरीले छेकेको थियो तर उनीहरुले इलाका प्रहरी कार्यालय पोकलीबाट नाकामा बसेका प्रहरीलाई फोन गराएर जयराम पार गरेको खुलेको छ । नक्कली कागजात बनाएर गाउँ आएका उनीहरु पाँचै जनालाई शनिबार साँझदेखि नै दोर्पाचिउरी डाँडास्थित अन्नपूर्ण माविको क्वारेन्टिनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए। “गाउँ भित्रिन गरिएको कडाइका बीचमा पनि विभिन्न बहानामा गाउँ प्रवेश गर्ने क्रम रोकिएको छैन”, उनले भने, “लुकीछिपी गाउँ प्रवेश गर्ने जोकोहीलाई अनिवार्यरुपमा १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा राख्ने गरिएको छ ।”

एउटा टोलबाट अर्को टोल आवतजावत गर्नमा समेत रोक लगाइएको अवस्थामा बाहिरी जिल्लामा रहेका कतिपय व्यक्तिले पहुँचको भरमा समेत कागजात बनाएर आवतजावत गर्ने गरेको पाइएको छ । जिल्लामा एउटा कामका लागि प्रशासनबाट सवारी अनुमति लिएका सवारी साधन अर्कै काममा प्रयोग हुने गरेकोसमेत पाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत सोमबार साँझ पिसिआर परीक्षण गर्ने क्रममा सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागि मङ्गलबार साँझ एम्बुलेन्समार्फत विराटनगरस्थित कोरोना अस्पताल पठाइएको छ ।

जिल्लामै पहिलोपटक कोरोना सङ्क्रमित भेटिएसँगै उनका परिवारसहित ४३ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गरिएको पिसिआरको रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending