Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

लकडाउनमा पनि आइतबार कैयौंको जोडी बैबाहिक जीवनमा बाँधिए

बेङ्लो । बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए । जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ । भारतमा अहिले चौथो चरणको लकडाउन छ । यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेपनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ । यस्तै अत्यावश्यक काम अन्तर्गत बैबाहिक कामलाई पनि मानिएको छ ।

उपयुक्त र पर्याप्त आधारहरु देखाउन सके, अहिले नै गर्नु पर्ने बाध्यात्मक कारण पेश गर्न सकेमा र पहिले नै निर्धारण भएको अवस्थामा सरकारले बैबाहिक कार्यक्रम गर्नका लागि अनुमती दिने गरेको छ ।

यही आधारमा आइतबार कैयौँ जोडी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुलाई भिडभाड नगरी आधारभूत धार्मिक तथा सांस्कृतिक प्रक्रिया पुरा गर्न अनुमती दिइएको छ ।

बैबाहिक कार्यक्रम गर्दा सामाजिक दुरी कायम गर्नु पर्ने, ५० जना भन्दा बढी सहभागी हुन नपाउने, मास्क र पञ्जा लगाउनु पर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनै पर्ने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

बैबाहिक कार्यक्रममा सहभागी एक जनाले भने, “हामीले सरकारको निर्देशन र मापदण्डलाई ख्याल गरेर नै २५ जनालाई मात्रै विवाहमा ल्याएका छौँ ।” बैबाहिक जीवन शुरु गर्न लागेका अधिकांश बेहुला बेहुलीहरुले पनि मास्क लगाएका थिए भने अन्य सहभागीलाई अनिवार्य नै गरिएको थियो ।

बैबाहिक कार्यक्रममा गर्भवती, ६५ बर्षभन्दा माथिका बृद्धबृद्धा र १० बर्षभन्दा साना बालबालिकालाई सहभागी गराउन नपाइने व्यवस्था पनि गरिएको छ ।

विवाह गरिएको ठाउँमा सेनिटाइजरको पर्याप्त उपलब्धता र प्रयोग हुनु पर्ने र थर्मल गन मार्फत सबैको ज्वरो नाप्ने व्यवस्था पनि गर्नु पर्ने सरकारले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

सरकारले तय गरेका मापदण्डहरुलाई अबलम्बन गर्दै धेरै जोडीले लकडाउनका बेलामा पनि बैबाहिक जीवन शुरु गरेका हुन् । उनीहरुको बैबाहिक कार्यक्रमलाई अन्य अवस्थाको भन्दा फरक मानिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending