काठमाडौं । बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएकाले पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आफ्ना सदस्य पम्पलाई अति आवश्यक बाहेकका खर्च कटौती गर्न आग्रह गरेको छ । बन्दाबन्दीका कारण व्यवसायमा भारी गिरावट आएको एशोसिएशनले कर्मचारी कटौतीदेखि पम्पबाट हुँदै आएको उधारो तेल वितरण बन्दलगायत विषयमा पूर्वतयारी गर्न आग्रह गरेको हो ।
भिडियो कन्फ्रेन्समार्फत शुक्रबार बसेको बैठकले अति कम कर्मचारीबाट पम्प सञ्चालन गर्ने, आवश्यक पदार्थको कारोवार गर्ने हुँदा आपूर्ति नियमित राख्न पम्पमा पेट्रोलियम पदार्थ मौज्दा राख्नुपर्ने तथा पूँजीगत खर्च कम गर्नुपर्ने तथा पम्पबाट उधारो तेल वितरण बन्द गर्ने निर्णय गरेको एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए । उनका अनुसार बैठकले नगदमा मात्र कारोबार गर्नुपर्ने, अत्यावश्यकबाहेकका खर्च कटौती गर्ने र स्थानीय निकायसँगको समन्वयमा इन्धन वितरण प्रभावकारी बनाउन सबै व्यवसायीलाई आग्रह गर्ने निर्णय गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सूचीमा राखे पनि पेट्रोल पम्पका कर्मचारीलाई काममा आउँदा पासको समस्या हुने गरेको उनले जनकारी दिए । ‘अतिआवश्यक क्षेत्र भने तापनि समन्वय नहुँदा समस्या भयो, बन्दाबन्दी अझै थपिँदै गए ५० प्रतिशत सम्म कर्मचारी कटौती हुनेछ’, उनले भने, ‘पम्प सञ्चालन भए पनि खपत न्यून छ, हाम्रा कर्मचारीहरु पम्पसम्म समेत आउन समस्या भएको छ, घरमा नै कर्मचारीलाई राखेर सेवासुविधा दिए पनि पछिल्लो दिनमा समस्या हुने देखिएको छ ।’
एशोसिएशनले आवश्यकतानुसार कर्मचारी कटौती गरेर अति कमबाट कारोवार सञ्चालनको तयारी गरेको उनले जानकारी दिए । उनका अनुसार एशोसिएशनमा आबद्ध एक हजार पाँच सय पम्पमा करीब पाँच हजार कर्मचारी छन् । एउटा पम्पमा पाँचदेखि १० कर्मचारीले काम गर्दै आएका छन् ।
एशोसिएशनले निरन्तर नेपाल आयल निगमलाई कर्मचारीको कोरोना परीक्षण गर्न माग राखे पनि सुनुवाइ नभएको उनले बताए । ‘हामीले निरन्तर जोखिम मोलेर काम गरेका कर्मचारीको परीक्षण गर्न माग गरेका छौँ, निगमले आफ्ना कर्मचारीको मात्र परीक्षण गरेर हाम्रा कर्मचारीलाई वेवास्ता गर्यो’, उनले भने ।
एशोसिएशनका अनुसार हाल सम्पूर्ण पम्प खुला रहेको र पर्याप्त मात्रामा तेल छ । बन्दाबन्दीका शुरुवाती दिनमा पेट्रोलियम पदार्थको खपतमा कमी आए पनि पछिल्लो समय तराईमा खेतीको याम शुरु हुँदा डिजेलको मागमा वृद्धि भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: