Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

नेपाल रेडक्रस सोसाइटीद्वारा दुई जिल्लाका ३१ एम्बुलेन्समा जिपिएस जडान

\"\"

काभ्रे । सेवाग्राहीलाई छिटोछरितो ढङ्गले बेलैमा सेवा प्रदान गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको आयोजना र जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपीएस जडान गरिँदै छ ।

कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहेका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको समितिले जिल्लामा सञ्चालित सबै एम्बुलेन्सलाई ‘पार्टेशन’ गरेर कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै जिपीएस जडान गरेर सेवाग्रहीलाई बेलैमा सेवा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले सो अभियानलाई तीव्रता दिएको हो ।

नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख भोजराज ओझाले अहिलेसम्ममा काभ्रेपलाञ्चोकका १७ र सिन्धुपाल्चोकका १४ एम्बुलेन्समा जिपीएस प्रविधि जडान गरिसकेको बताए । अहिले जिल्लामा सञ्चालित ३५ मध्ये पाँच एम्बुलेन्स सञ्चालनमा आएको भए पनि एम्बुलेन्स सञ्चालन समितिमा दर्ता नभएको पाइएको छ । त्यसका लागि विधानसहित निवेदनन दिन आउन आग्रह गरेको समितिले जनाएको छ । सिन्धुपाल्चोकमा २७ एम्बुलेन्स छन् । प्रविधि जडान गर्ने क्रम बन्दाबन्दीका कारण निरन्तरता दिन नसकेको ओझाले बताए । ‘हामीले सबै एम्बुलेन्समा जिपीएस प्रविधि जडान गर्ने अभियानलाई तीव्रता दिँदै आएका छौँ, तर बन्दाबन्दीका कारण जडान गर्ने व्यक्ति आवतजावतमा समस्या भएकाले तत्काल सबैमा सम्भव भइरहेको छैन’, ओझाले भने ।

जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लाभर सञ्चालनमा रहेका ३० एम्बुलेन्समा कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै ती सबैमा जिपीएस प्रविधि जडान गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा।नरेन्द्रकुमार झाले बताए । अब प्रविधि जडानभएपछि कुन एम्बुलेन्स कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको जनाएको छ । दुवै संस्थाको समन्वयमा गत वैशाख २४ गतेबाट शुरु भएको अभियानको पहिलो दिनमा नै १३ एम्बुलेन्समा जिपीएस जडान गरको र बाँकीलाई निरन्तरता दिएको थियो ।

जिपीएसबाट कहाँ कुन ठाउँमा कतिको गतिमा गुड्यो भन्ने कुरा सबै जानकारी लिन सकिने भएकाले कसैले पनि ढाँटेर बस्ने र सेवा दिन हिचकिच्याहट गर्ने प्रवृत्तिको अन्त्य हुने नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख ओझाले बताए । उनका अनुसार गुडिरहेको एम्बुलेन्स प्रत्येक १२ सेकेण्डमा कुन ठाउँमा कुन गतिमा गुडिरहेको छ भन्ने कुरा जानकारी लिन सजिलो भएको बताए । त्यसरी काम गरिरहेको केन्द्रले आम सर्वसाधारणको लागि १६६०११२२००० टोल फ्री नम्बर सार्वजनिक गरेको छ । जहाँबाट सेवाग्राहीले फोन गरे पनि कुन ठाउँबाट कसलाई सेवा चाहिएको हो, त्यही ठाउँको एम्बुलेन्समार्फत तत्काल सेवा दिन सकिने गरी दुई जनाले चौबीसै घण्टा सेवा दिने काम गरिरहेको ओझाले बताए ।

ती सबै प्रविधि जडान भएका एम्बुलेन्सको कन्ट्रोल धुलिखेल अस्पतालमा भइरहेको छ । अस्पतालमा डिस्प्ले सेन्टर भनेर दुई एलसिडी राखेर ती सबैको अनुगमन गरिरहेको छ । जिल्लामा भएकामध्ये चार ‘ख’ वर्गका चौविसै घण्टा सेवा दिने र अरु सबै ‘ग’ वर्गका रहेका छन् । त्यसरी प्रविधि जडान गर्ने एम्बुलेन्स काभ्रेपलाञ्चोकलगायत सिन्धुपालचोक जिल्लाको पनि छ । यसैबीच प्रत्येक स्थानीय तहको क्वारेन्टिन तथा सङ्क्रमितको स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी कार्यपालिकाको स्वास्थ्य संयोजकबाट हुने व्यवस्था मिलाउनका साथै स्थानीय तहका गठन भएको ‘प्यासेन्ट ट्रान्स्पोर्ट टीम’ पिटीटी तालिम उपलब्ध गराइसकेकाले उक्त टिमलाई पालिकाले तयारी अवस्थामा राख्नसमेत आग्रह गरेको डा।झाले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending