कपिलवस्तु । कपिलवस्तुमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार वाणगङ्गा र कपिलवस्तु नगरपालिका तथा मायादेवी गाउँपालिका गरी नौ जना सङ्क्रमित थपिएका हुन् । ती मध्ये वाणगङ्गाका पाँच, मायादेवीका तीन र कपिलवस्तुका एक रहेका छन् । मायादेवीका तीन र वाणगङ्गाका तीन सङ्क्रमित भारतबाट गत वैशाख २९ गते स्वदेश फर्किएका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
उनका अनुसार वाणगङ्गा(७ का ५३ वर्षीय, वडा नं ५ का २७ वर्षीय, वडा नं १० का २५ वर्षीय, वडा नं ८ का २४ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेको वाणगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । सङ्क्रमितलाई आइसोलेसनमा राख्ने विषयमा नगरमा छलफल गरी व्यस्थापन गरिने उनले बताए । यस्तै वाणगङ्गा(४ की आठ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ । बालिका आफ्नै घरमा रहेको सो गाउँपालिकाले जनाएको छ ।
मायादेवी(४ का ४५ वर्षीय, वडा नं ५ का ३४ र ३६ वर्षीय दुई पुरुष रहेका छन् । तीन सङ्क्रमितलाई जनता प्रावि गौरामा राखिएको छ । मायादेवीमा भोलिसम्म आइसोलेसन तयार गरी व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष बजरङ्गी चौधरीले जानकारी दिइन् । कपिलवस्तु नगरपालिका(३ मा २९ वर्षीय पुरुषलाई सङ्क्रमण देखिएको छ ।
दुई पत्रकार सङ्क्रमित
आज सङ्क्रमण पुष्टि भएमध्ये दुई सञ्चारकर्मी रहेका छन् । ती मध्ये वाणगङ्गाका २४ वर्षीय र कपिलवस्तु नपाका २९ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सङ्क्रमित सञ्चारकर्मी सहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । ती सञ्चारकर्मी जिल्लामा रहेको क्वारेन्टिनको समाचार सङ्कलन गर्न फिल्डमा गएका समयमा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार वाणगङ्गा(४ ठाकुरापुरमा आठ वर्षीया बालिकामा कोरोना सङ्क्रमण भएको छ । यसभन्दा अगाडि सोही स्थानकी ६ वर्षीया बालिकामा कोरोना देखिएपछि यहाँ स्वाब सङ्कलन लिइएको थियो । त्यसमध्येबाट शुक्रबार थप एक बालिकामा सङ्क्रमण देखिएको हो ।
काठमाडौँमा उपचाररत बालिकालाई कोरोना देखिएपछि ठाकुरावासी र बालिकालार्ई काठमाडौँ लैजाने चालकको पिसीआर परीक्षण गरिएको थियो । ती मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको वाणगङ्गाका स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । कपिलवस्तुका सबै पालिकामा कोरोना सङ्क्रमित देखिएका छन् ।
ती मध्ये यशोधरा गाउँपालिमामा १२, कपिलवस्तु नगरपालिकामा १०, महराजगञ्जमा नौ, कपिलवस्तु नगरपालिकामा नौ, बुद्धभूमिमा चार, शिवराज नगरपालिकामा तीन जना रहेका छन् । यस्तै मायादेवी गाउँपालिकामा ११, विजयनगरमा चार, शुद्धोधनमा दुई र वाणगङ्गा नगरपालिकामा छ रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: