Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

रोल्पामा तीन हजार किट मात्र, आवश्यकताभन्दा दुईतिहाइ किट कम

\"\"

रोल्पा । रोल्पा जिल्लामा दुई हजार ९६० आरडिटी किट आइपुगेको छ । जिल्लामा यसअघि विभिन्न क्वारेन्टिनमा बसेका आठ हजारभन्दा बढी परीक्षणविना नै घर फर्किएका थिए ।

घर फर्केका आठ हजारभन्दा धेरै र रोल्पामा अरु प्रवेश गर्नेहरुबाट पनि जोखिम उत्तिकै भएकाले जिल्लामा आवश्यकताभन्दा दुईतिहाइ किट कम आएको छ । स्वास्थ्य सुरक्षा र सञ्चारकर्मीको आरडिटी गर्नुपर्ने भए तापनि जिल्लामा किट थोरै मात्र भएकाले परीक्षण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

“नौ हजारभन्दा धेरैको आरडिटी परीक्षण गर्नुपर्ने हो, सङ्घ, प्रदेशसँग समन्वय गर्दा पनि किट पाउन सकिएन’ ढकालले भने । जिल्लामा किट अभावमा अहिलेसम्म क्वारेन्टिनबाट फर्केका कसैको पनि आरडिटी गर्न नसकिएको जनाइएको छ ।

उपलब्ध किट पछिल्लो समय कोरोना प्रभावित भारत र नेपालका विभिन्न स्थानबाट आएकामध्ये लक्षण देखिएकालाई आरडिटी गर्न शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले बताए ।

रोल्पामा जिल्ला बाहिरबाट आएका आठ हजार १२१ जना क्वारेन्टिनमा बसेर घर फर्किएका छन् । जिल्लामा भित्रिएकामध्ये अझै २८४ विभिन्न स्थानीय तहको क्वारेन्टिनमा बसिरहेका छन् । घर फर्केकामध्ये १६० जनाको मात्र आरडिटी गरिएको छ । बाँकी आठ हजार २४५ लाई सामान्य जाँच मात्र गरेर घर पठाइएको छ । रोल्पामा हालसम्म आठ हजार ४०५ जनाको आरडिटी गर्नुपर्ने देखिएको छ । सबै स्थानीय तहले आरडिटी किट अभावमा विनापरीक्षण घर पठाइएको जनाएका छन् ।

रोेजगारीका सिलसिलामा जिल्ला बाहिर दाङ, रुपन्देही, कपिलवस्तु, बाँके, कास्की, पाल्पा, काठमाडौँलगायत ठाउँमा रही जिल्ला प्रवेश गरेकालाई स्थानीय सरकारले १४ दिन क्वारेन्टिनमा राखेर घर पठाएका हुन् । क्वारेन्टिनमा बसी घर फर्केका सबैको आरडिटी गर्नुपर्ने भए पनि किटका अभावमा सामान्य जाँच गरी घर फर्काइएकाले केहीमा कोरोना लक्षण देखिने हो कि भन्ने त्रासमा स्थानीयवासी रहेको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending