Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नेपालमा पनि अंपुन चक्रवातको असर, पूर्वी क्षेत्र हुँदै मध्य भागसम्म असर पुर्याउने

\"\"

काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली आँधीले ‘नेपालमा पनि प्रभाव पार्न सक्ने
दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्न सक्ने अनुमान नेपाली मौसमविद्हरूले गरेका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवातका कारण मङ्गलवारबाट पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुई(तीन दिनसम्म देशैभरि बदली हुनसक्ने जनाएको छ।

\'केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक-दुई स्थानमा ठूलो हिमपात हुनसक्नेछ, \'महाशाखाले सोमवार जारी गरेको विशेष मौसमी बुलेटिनमा भनेको छ।

गत वर्ष नै फणि नामको चक्रवातले ओडिशामा धनजनको क्षति पुर्‍याएको थियो। त्यसको प्रभाव नेपालमा सगरमाथा क्षेत्रसम्म पनि परेको थियो।

उक्त चक्रवातले बुधवार दिउँसोतिर पश्चिम बङ्गाल र ओडिशाका समुद्री तटमा प्रहार गर्ने विज्ञहरूको अनुमान छ।

भारत सरकारले ती क्षेत्रमा २० वटा टोलीलाई उद्धारका लागि परिचालित गरिसकेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवातसम्बन्धी विषयमा एउटा उच्चस्तरीय समितिमा छलफल गर्ने भएका छन्।

भारतमा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका माझ हजारौँ मानिसहरू सहर तथा अन्य राज्यबाट आफ्नो घर फर्किरहेको बेला चक्रवातले प्रहार गर्न लागेको हो।

भारतको मौसम विभागले दक्षिणी बङ्गालको खाडीमा २४ घण्टाजति र उत्तरी भेगमा बुधवारसम्म माछा मार्न नजान चेतावनी जारी गरेको छ।

चक्रवातले समुद्री किनारा भएका क्षेत्रहरू डुबानमा पर्न सक्ने बताइएको छ।
भारतको राष्ट्रिय आपदा मोचन बलकस प्रमुख एसएन प्रधानले आफू ती दुई राज्य सरकारहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नियालिरहेको बताएका छन्।

गत वर्ष एउटा शक्तिशाली समुद्री आँधीले आफ्नो बाटो फेरेर पश्चिम भारतको समुद्री तट नजिकैबाट अरब सागरतिर गएको थियो।

वायु नाम दिइएको उक्त चक्रवातबाट जोगाउन लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

बङ्गालको खाडीमा एप्रिलदेखि डिसेम्बर महिनासम्म समुद्री आँधीहरू उत्पन्न हुने गर्छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending