Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सरकारको आलोचना गर्दा यथार्थ धरातलमा उभिएर छलफल गर्नुपर्छ : उपनेता नेम्वाङ

\"\"

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने धारणा व्यक्त गरेक छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नीति तथा कार्यक्रम कोरोना केन्द्रित र वर्तमान समस्यालाई सम्बोधन गर्नमा नै केन्द्रित रहेको स्पष्ट परे । वर्तमान सङ्कट सम्बन्धमा नीति निर्माणअघि पनि विभिन्न चरणमा छलफल भएको र सोहीअनुसार नै नीति कार्यक्रम आएको उनको भनाइ थियो ।

उनले भने, “नीति तथा कार्यक्रमले अहिलेको कोरोेनाको समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको छ । कोरोनाका सङ्क्रमितकोे अवस्था अहिले सामान्य छ र अझै जटिल बन्न सक्नेतर्फ सरकार सजग रहेको छ । कोरोनाको प्रभावमा परेका समुदाय र व्यक्तिलाई राहतको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।” साथै उपनेता नेम्वाङले नीति तथा कार्यक्रमका बारेमा सदनमा उठेका आवाजलाई पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

कोरोनाको प्रभावलाई सम्बोधन गर्ने गरी सरकारले काम गरिरहेको बताउँदै उनले विगतका सन्दर्भलाई पनि समेटेर कतिपय कुराहरु नीतिमा समेटिएका कारण विस्तृत देखिएको हुनसक्ने जानकारी दिए । यही सदनमा भएका दलहरु एकताबद्ध भएर विगतमा संविधान जारी गरी आजको अवस्थासम्म आइपुगेको प्रसङ्ग उल्लेख गर्दै उपनेता नेम्वाङले त्यसयता उठेका केही माग र आवाजलाई पनि छलफल गर्दै निष्कर्षमा पुग्न सकिने धारणा व्यक्त गरे ।

अब शान्ति र प्रजातन्त्रका लागि आन्दोलन गर्नुपर्ने भएको बताउँदै उनले नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया पनि चाँडै टुङ्गोमा पु¥याउने उल्लेख गरेको अवगत गराए । शान्ति प्रक्रियाका बाँकी काम आवश्यक कानून बनाई दुई वर्षमा टुङ्गिने र त्यो विषय नीति तथा कार्यक्रममा पनि रहेको उहाँले अवगत गराए ।

“कोरोनाविरुद्धको लडाइँमा हामी सबै एक छौँ र यसलाई निरन्तता दिएरमात्र यसविरुद्धको लडाइँ जित्न सकिन्छ । नीति कार्यक्रमले लोकतन्त्रका सम्बन्धमा संविधान भएका आधारभूत विशेषतालाई समेत उल्लेख गरेको छ”, उनले भने ।

उनले भूकम्पले मुलुक क्षतविक्षत भएको बेला छिमेकीले नाकाबन्दी लगाएको, दुई छिमेकीले नेपाललाई नसोधी नेपालको भूमि अतिक्रमण भएको स्थानबारेमा गरेको सम्झौताविरुद्ध अघि बढ्ने दृढता व्यक्त गरे। उनले भने, “यही सरकारले भूपरिवेष्टित मुलुकका रुपमा रहेको नेपाललाई भूजडित बनाएको बारेमा समेत जानकारी गराए । साथै अब नेपालमा नाकाबन्दी नहुनेसमेत स्पष्ट पारे ।”

निरोगी नेपाल निर्माण गर्ने, समृद्धिका लागि वन, स्वच्छ नेपाल, रोजगारी, आर्यआर्जनका साथै अब कोही भोकै पर्दैन भोकले कोही मर्दैन, कृषिलाई थप आधुनिकीकरण, स्वदेशी वस्तुको उपभोग गरौँलगायतका कार्यक्रम महत्वपूर्ण भएको बारेमा उनले जानकारी दिए । भ्रष्टाचारप्रति सरकारको शून्य सहनशीलता नीति सरकारको कार्यक्रममा समेटिएको बताउँदै उनले कानूनबमोजिम भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही भएको बताए ।

उपनेता नेम्वाङले प्रसारण लाइन निर्माण गरी भारत र बङ्गलादेशसम्म जलविद्युत् निर्यात गर्ने बारेमा समेत नीति तथा कार्यक्रममा उल्लेख छ भने। नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नेपालका अतिक्रमित भूमि समेटिएर नेपालको नक्सा जारी हुने बताउँदै उनले सबै एकताबद्ध भएर अघि बढ्न र जनतालाई निराशा होइन आशा बाँडौ भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies