ब्रासिलिया । ब्राजिलियाली स्वास्थ्य मन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको एक महिनाभन्दा पनि कम समयमा पदबाट राजीनामा गरेका छन् ।
कोरोनाभाइरसका घटनाहरू देशव्यापीरूपमा व्यापक वृद्धि भएका समय स्वास्थ्यमन्त्रीको राजिनामा आउनुलाई राष्ट्रपति जैयर बोल्सनोरो र स्वास्थ्यमन्त्री तेइचबीच कोरोनाको महामारीलाई व्यवस्थापन गर्ने बिषयमा देखिएको विवादका रूपमा व्याख्या गरिएको छ ।
नेल्सन मन्डेटाको स्थानमा मन्त्री बनाइएका तेइच राजीनामा गर्ने ब्राजिलका दोस्रो स्वास्थ्यमन्त्री भएका छन् ।
“जीवन छनौटहरू मिलेर बनेको छ र मैले आज पदबाट छोड्ने निर्णय लिएको छु,“ तेइचलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था ‘द न्यु योर्क टाइम्स’ ले लेखेको छ ।
उनले भने “यस पदमा रहेर काम गर्न म असमर्थ रहेँ तर म देश र जनतालाई पदमा नरहेर पनि सहयोग गर्न सक्छु ।”
उनले राष्ट्रपति बोल्सनोरोको कडा आलोचना गर्दै भन्नुभयो, “वास्तविकतालाई इन्कार गर्ने राष्ट्रपतिबाट म निराश छु ।”
निवर्तमान् स्वास्थ्यमन्त्रीले ब्राजिल कोभिड–१९ अनुमानित सङ्ख्याको सामना गर्न तयार नरहेको घोषणा गर्दै पद छोड्ने निर्णयलाई सार्वजनिक गर्नुभएको हो ।
ब्राजिलका जनताको हितका लागि यो तीतो यथार्थ बोल्नु आफ्नो बाध्यता भएको उहाँले बताउनुभयो ।
तेइचले भने, “बाजिलले धेरै सङ्क्रमण फैलिने अनुमान गरेको छ । थोरै मानिसहरुले रोगको नियन्त्रणका लागि एकान्तमा रहने उपायलाई पालना गरिरहेका छन् । यसबाट आउनसक्ने परिस्थितिको सामना गर्न ब्राजिलको स्वास्थ्य सेवा प्रणाली तयार छैन ।”
एक फेसबुक पोस्टमा निवर्तमान स्वास्थ्यमन्त्री तेइचले भने, “मैले पदका लागि ब्राजिलियाली जनताको स्वास्थ्यप्रति खेलवाड नगर्ने कुरालाई छनौट गरेँ ।”
न्यूयोर्क टाइम्सका अनुसार राष्ट्रपति बोल्सोनारो र उनका दुबै स्वास्थ्यमन्त्रीबीच मलेरियाविरूद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोभिड–१९ को उपचारमा प्रयोग गर्ने बिषयमा विवाद भएको हो । राष्ट्रपतिले उपचारमा उक्त औषधिलाई प्रयोग गनुपर्र्ने अडान राख्नुभएको थियो भने निवर्तमान स्वास्थ्यमन्त्री तेइच र पूर्व स्वास्थ्यमन्त्री मन्डेटाले यसलाई प्रयोग गर्ननहुने विचार राख्दै आएका थिए ।
ब्राजिल कोरोनाभाइरसको सङ्क्रमणका हिसाबले छैठौं बढी प्रभावित देश हो । शनिबारसम्ममा ब्राजिलमा दुई लाख १८ हजारभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने करिब १५ हजारको मृत्यु भइसकेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: