Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

कोरियामा गुम्यो पाँच लाखको रोजगारी, प्रत्यक्ष प्रभाव नेपालीलाई

सउल । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । यो सङ्ख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो ।

यसरि रोजगारी गुमाउनेमा अधिकांश अस्थायी तथा पार्टटाइम कामदार छन् । प्रायः सबै क्षेत्रमा यसको प्रभाव देखिए पनि विशेषगरी होलसेल तथा खुद्रा व्यवसाय, होटेल, पर्यटन, कृषि प्याकिङ तथा प्याकेजिङ, शिक्षा सेवा, मनोरञ्जन सेवालगायत क्षेत्र अत्याधिक प्रभावित देखिएका छन् । उक्त स्थानमा सामाजिक दूरी तथा सेवा क्षेत्र हेरेर जोखिमयुक्त क्षेत्रमा लगाइएका लकडाउनका कारण रोजगारी गुमेको हो । विभिन्न व्यावसायिक कम्पनीमा कामदारको माग न्यून हुन थालेपछि गत महिना मात्र उक्त संख्यामा रोजगारी गुमेको हो ।

यसका साथै उत्पादनमूलक क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ । दैनिक आठदेखि १६ घण्टाभन्दा बढी काम हुने अधिकांश उत्पादनमूलक क्षेत्रमा पनि घटेर दैनिक आठ घण्टा मात्र काम हुने वा कम्पनीले सूचना टाँस गरी बेतलबी बिदा दिने वा वार्षिक रुपमा प्राप्त हुने तलबी बिदा घट्ने गरी बिदामा बस्न लगाउने क्रम बढेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालीलाई पनि परेको छ ।

विशेषगरी आफ्नै देशमै खपत हुने उत्पादनको निर्यातमा सामान्य गिरावट आए पनि पनि बाह्य निर्यात हुने सामग्रीमा भारी गिरावटका कारण काम घट्ने क्रम बढेको हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियाले अधिकांश उत्पादन विदेश निर्यात गर्छ । तथ्याङ्कानुसार रोजगारी गुमाउनेमा विशेषगरी १५ देखि २९ वर्ष उमेर समूहका युवा छन् । उनीहरूको संख्या कुल गुमेको रोजगारी संख्यामध्ये ४०।९ प्रतिशत अर्थात् दुई लाख ४५ हजार छ । सबैभन्दा धेरै दुई लाख १२ हजार बढि रोजगारी होटेल तथा रेस्टुरेन्ट व्यावसायमा गुमेको छ । सरकारले भने न्यून आय भएका जनताको निम्ति केही हप्तामै साढे पाँच लाखभन्द्या बढी नयाँ रोजगारी सिर्जना गर्ने बताएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending