Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

कमरेड, पार्टी युवालाई जिम्मा दिनुहोस्

\"dipshikha_article\"हिजो एउटा समय थियो प्रचण्ड/बाबुराम/बैद्य रुँदा हामी रुन्थ्यौं । हाँस्दा सँगै हाँस्थ्यौं । आज ती रुँदा हामीलाई हाँसो उठ्छ । ती हाँस्दा हामीलाई रुन मन लाग्छ । रुँदा हाँस्न मन लाग्ने र हाँस्दा रुन मन लाग्नुको अन्तर्य पार्टी जीवन र आन्दोलनसँग सम्बन्धित छ । प्रायः माओवादी आन्दोलनका नेताहरु भन्छन्, पार्टी बिग्रियो । गहिरिएर बिग्रिएको पार्टी खोज्ने हो भने पार्टी छैन । आन्दोलनका विरासतहरु छन् । पार्टीका मानिसहरु छन् । पार्टी कार्यालयहरु छन् र पार्टी नामको शब्द नेताहरुको खल्तीमा कैद भएको छ ।
माओवादी पार्टी अब बाँकी छैन – आन्दोलन बाँकी छ । माओवादी नेतृत्व बाँकी छैन – कार्यकर्ता र जनता बाँकी छन् । यो आलेखको उद्देश्य नेतालाई ताछ्नु होइन । तिनको उद्देश्य यति अपवित्र थियो भनियो भने निष्कर्ष सही निस्कदैन । तिनका बारेमा विहंगम समिक्षा जरुरी छ ।
पार्टी, पार्टी हुनलाई त्यसको विचार हुन्छ । संगठन हुन्छ । तात्कालीन र दिर्घकालीन कार्यक्रम हुन्छ । अझ कम्युनिष्ट पार्टीमा लेनिनवादी संगठनात्मक सिदान्तका आधारमा चल्ने संगठनहरु हुन्छन् । विचार र संगठनको क्षेत्रमा केही बाँकी नभएपछि बाँकी रहेका भग्नावशेषहरुलाई माओवादी नेताहरु फेरी एकपटक पार्टी ठान्ने गल्ती गरिरहेका छन् । यो पार्टी नभएको पार्टीमा पछिल्ला केही वर्षदेखि बहसहरु छन् । विवाद र अन्तरविरोध छ । एकले अर्कालाई लगाउने आरोपका फेहरिस्त तयारजस्तै छ – फलानाले पार्टी बिगार्यो । अर्कालाई दोष थोपरेर आफू चोखिनु बहसको केन्द्रीय चुरो हो । यस्तो चुरो कुरो मात्रै हुन्छ । यहाँ पार्टी पुनर्गठन या निर्माणमा यी आन्दोलनका नेताहरु एकले अर्कालाई दोष थोपारेर आफू भाग्ने या सिद्धिने मूर्खताबाहेक केही देखिँदैन ।
बाबुरामलाई लाग्छ – प्रचण्ड गन्हाउने भए । खुरुक्क आफूलाई पद हस्तान्तरण गरे त्यहाँ सुगन्ध छाउँछ । प्रचण्डलाई लाग्छ– बाबुरामले गन्हाउने बनाए । तिनले सघाए म मा सुगन्ध छाउँथ्यो ।
बाबुरामलाई लाग्छ – प्रचण्ड गन्हाउने भए । खुरुक्क आफूलाई पद हस्तान्तरण गरे त्यहाँ सुगन्ध छाउँछ । प्रचण्डलाई लाग्छ– बाबुरामले गन्हाउने बनाए । तिनले सघाए म मा सुगन्ध छाउँथ्यो । यस्तैयस्तै दोस्रो पुस्ताका नेताहरुलाई नि प्रचण्ड/बाबुरामलाई जस्तै लाग्छ । ती यी दुई नेताको फेर समातेर नभएको पार्टीमा वैतर्णी तर्ने दाउमा छन् । पेरिसडाँडा मुख्यालय माओवादीको स्वमित्व अघि एउटा भग्नावशेष थियो । त्यहाँ गजडिया र लागुऔषध सेवनकर्ताले छोडेका सिरिन्जहरु थिए । मालिक बेपत्ता भएपछि बेसाहरा घरमा माओवादी आइपुग्दा ती मुन्द्रेहरुका गु का लिँडहरुले प्रत्येक कोठा भरिएका थिए । जनयुद्धको रापमा राजधानी छिरेका माओवादीले त्यसलाई चिरिच्याट्ट बनायो । सर्वहारा पार्टीको पेरिसडाँडा मुख्यालयमा गाडीका लाइन लाग्न थाले । पार्किङ नपुगेर पुलिसले ट्राफिक खटायो । पेरिसडाँडा रमझममा पर्र्यो । राधाकृष्ण मैनालीहरु पन्चायती भूत बोकेर मुख्यालय छिर्न थाले । ल्यारक्याल लामाहरु ‘महादेवका तीन नेत्र’ बोकेर सरासर चोटोकोठो चहार्न थालेपछि जिन्दगी झेल्न नसकेका कार्यकर्ता प्रांगणमा टुलुटुलु भए । पेरिसडाँडा मुख्यालयमा सडेगलेका र अरु पार्टीमा बदनामहरुको लाम लागेपछि हरिविजोग ती कार्यकर्ता अरब छिर्न म्यानपावरका ढोकाहरुमा लाम लाग्न थाले । सिरिन्ज बोकेर पेरिसडाँडा छिर्ने मुन्द्रे र ट्यापेहरु हँसिया हथौडा बोकेर फेरी छिरेपछि पेरिसडाँडा उस्तै भग्नावशेषमा बदलियो । सार कुरा के हो भने, माओवादी पार्टी अब बाँकी छैन – आन्दोलन बाँकी छ । माओवादी नेतृत्व बाँकी छैन – कार्यकर्ता र जनता बाँकी छन् । यो आलेखको उद्देश्य नेतालाई ताछ्नु होइन । तिनको उद्देश्य यति अपवित्र थियो भनियो भने निष्कर्ष सही निस्कदैन । तिनका बारेमा विहंगम समिक्षा जरुरी छ । तर पार्टी पुननिर्माणको थालनी तिनलाई नकोट्याइ हुँदैन । कोट्याउँदा तिनलाई दुख्छ । के उनले भनेजस्तो पार्टी नेतृत्व एकले अर्कोलाई दिएर या यहि नेतृत्वको रुपान्तरणबाट पार्टी निर्माण सम्भव छ ? छैन । किनभने अहिले पार्टीको उच्च केन्द्रीय तहमा भएका नेताहरुको क्षमताको अन्तिम प्रयोग भइसकेको छ । उनले सक्ने यत्ति हो । जनयुद्ध र कम्युनिष्ट आन्दोलनलाई यो उचाइमा ल्याउन उनले खेलेको भूमिका उनको राजनीतिक जीवनको सर्वोत्कृष्ट भूमिका हो । उनले यसलाई बचाइराख्ने मात्रै हो । माओवादी आन्दोलन हो । यो अहिले पार्टीका रुपमा ६ वटा टुक्रा भएको छ । ‘पार्टी छ’ भन्ने भ्रममा रहेका सबै पार्टीका युवाहरु भ्रममुक्त हुनुपर्छ । ती युवाहरुले ती टुक्राका नेताहरुलाई भ्रममुक्त गराउनु पहिलो कदम हो । नेताहरु भ्रममुक्त हुन सक्छन् र नहुन पनि । भ्रममुक्त हुनेहरु पुर्ननिमार्णको अभियानमा जोडिन्छन् र युवाहरुलाई सघाउँछन् । नहुनेहरु नाङ्लो पसल थापेर बस्छन् ।
यो समितिले सबै पार्टीका शीर्ष नेताहरु आवद्ध भएको सल्लाहकार समिति निर्माण गर्नसक्छ । सल्लाहकार समितिलाई नीति निर्माण तहमा (संगठनमा होइन) हस्तक्षेप गर्नसमेत मिल्ने अधिकार दिएपछि युवा स्पिरिट र अनुभवको गज्जव मिश्रण हुनेछ ।
पुनर्निर्माणअभियानको मूल उद्देश्य र मान्यताहरु लेखिनुपर्छ । ती उद्देश्य र मान्यताहरुसँग सहमत भएपछि प्रत्येक पार्टीबाट सिमित संख्यामा युवाहरुको पार्टी पुनर्निर्माण अभियान समिति बनाउनुपर्छ । विवाद र कुनै आरोप नलागेका युवाहरु यस्तो समितिमा पर्ने प्रावधान बनाएपछि यो समिति कम्तीमा माओवादी आन्दोलनको पुननिर्माण गर्ने नैतिक हैसियतमा हुन्छ । यो समितिले सबै पार्टीका शीर्ष नेताहरु आवद्ध भएको सल्लाहकार समिति निर्माण गर्नसक्छ । सल्लाहकार समितिलाई नीति निर्माण तहमा (संगठनमा होइन) हस्तक्षेप गर्नसमेत मिल्ने अधिकार दिएपछि युवा स्पिरिट र अनुभवको गज्जव मिश्रण हुनेछ । माओवादी आन्दोलनमा सक्षम युवा पुस्ता छ भनेर फेरी प्रमाणित गरिरहन जरुरी छैन । जनयुद्ध, जनआन्दोलन र पार्टी जीवनमा ती युवाहरुको भूमिकाको बारेमा कोही अनभिज्ञ छैन । बरु ती युवाहरु यतिबेला पार्टी/क्रान्तिको काम र ठाउँ नपाएर मुर्झाइरहेका छन् । पुनर्निर्माणअभियानले यसअघि भएका गल्तीहरुको सैदान्तिक समिक्षा गर्नु जरुरी छ । सबैलाई सुध्रिने निश्चित समय तोक्न जरुरी हुन्छ । सुध्रिनेहरु र गल्ती प्रायश्चित गर्नेहरु पुनः अभियानमा जोडिन्छन् । अभियानले तल्लो स्तरबाट पार्टी कमिटिहरुको पुननिर्माण गर्न सुरु गर्छ । कमिटिहरु बन्दै क्रमशः केन्द्रीय तहमा आइपुग्दा एउटा ठूलो आन्दोलन र पार्टी बन्छ । त्यो तहले सम्पूर्ण रुपमा राजनीतिक कार्यदिशामा विहंगम बहस गर्दै कार्यदिशा तय गर्छ । पुनर्निर्माण अभियानले पार्टी सदस्यहरुको हकमा लागु हुने गरी संक्रमणकालीन आचारसंहिता बनाउनु जरुरी छ । पार्टी सदस्यले के गर्ने ? के नगर्ने भन्ने विषयमा सामान्यभन्दा सामान्य नियमहरु बनुन् । अहिले नीजिजस्तो बनेको पार्टी सम्पत्तिको व्यवस्थापन यो नियमले सजिलै हुनसक्छ । अभियानको समयअवधिमा नयाँ पार्टी सदस्यता रोकिदिनुपर्छ । केही भ्रष्ट र पतित पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आवश्यकताका आधारमा खुल्ला तथा संगठनात्मक कारवाही नगरी पार्टी पुनर्निर्माणमा विश्वास पैदा गर्न सकिन्न । यसरी बनेको पार्टीको मुख्य नेतृत्व तह निश्चित वर्षसम्म लाभको पदमा जान नपाउने व्यवस्था सुरुमै गर्नुपर्छ । ती पदहरुमा माथि भनिएजस्तै सल्लाहकार समितिमा रहेका नेताहरुलाई अघि सार्दा पनि हुन्छ । उनीहरुले गल्ती गरे या जनताको पक्षमा काम नगरे फर्काउने अधिकार पार्टी कमिटिलाई रहन्छ ।
कमरेड, तपाईहरु यो त्याग गर्न तयार हुनुहुन्छ ? हामी युवाहरु पार्टीको पुनर्निर्माण गर्न तयार छौं ।
युवाहरुले पार्टी पुनर्निर्माण अभियान सञ्चालन गर्दा अहिले भइरहेका नेताहरुलाई अपमान अनुभुत गर्न दिनुहुँदैन । नेताहरुले यसरी युवाहरुबाट पार्टी पुनर्निर्माण हुने वातावरण सिर्जना गर्न सके कम्तीमा यो प्रयोगले अन्र्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई समेत शिक्षा प्रदान गर्न सक्छ । यसरी माओवादी आन्दोलनको पुनर्गठन गर्न प्रचण्ड, बाबुराम, बैद्य र विप्लवहरु तयार हुन्छन् भने सम्भव छ । कम्तीमा प्रचण्ड, बाबुराम तयार भए वातावरण निर्माण हुनसक्छ । यसरी पुनर्निर्माण भएको पार्टीले आन्दोलनको गुमेको साँख ६ महिना, वर्षदिनमै फिर्ता गर्न सक्छ र जनतामा नयाँ विश्वास पैदा हुन्छ । अब भन्नुस् नेता कमरेड, तपाईहरु यो त्याग गर्न तयार हुनुहुन्छ ? हामी युवाहरु पार्टीको पुनर्निर्माण गर्न तयार छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies