काठमाडौँ । कोभिड–१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर(सिसीएमसी– ओपिसी) को औपचारिक एप कोभिडएनपीको शुरुआत गरिएको छ । उपप्रधानमन्त्री पोखरेलले कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा आज आयोजित समारोहमा उक्त एपको डाउनलोड गरी उद्घाटन गरेको हो ।
सम्भावित बिरामीको पहिचान गरी समयमा नै दु्रत स्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो । जो कसैले पनि डाउनलोड गरी प्रयोग गर्नसक्ने उक्त एपबाट कोभिड– १९ रोगका लक्षण, सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षणलगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुनेछ ।
प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकताअनुसार पत्ता लगाउन सक्ने व्यवस्था गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा कोभिड– १९ को विश्वव्यापी महामारी र नेपालको हालको अवस्था, सो को रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थाका सम्बन्धमा भएर गरेका मुख्य कार्य, भावी रणनीति तथा कार्यनीतिबारे जानकारी दिइयो ।
समारोहमा रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबैको इमान्दार प्रयासको खाँचो औँल्याए । उनले भनेण्, “कोभिड– १९ बारे सूचना दिन बनाइएका एप आम नागरिकले सरल ढङ्गबाट थाहा पाउने, बुझ्ने र प्रयोग गर्नसक्ने हुनुपर्छ, गलत सूचना प्रवाह हुन नदिनेतर्फ सबै होसियार रहनुपर्छ ।”
कोभिडबारे यथार्थ जानकारी जनतालाई दिन जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले जानकारी होस् भन्ने हेतुले तयार गरिएको एपको प्रयोग गर्न, सही सूचना प्राप्त र प्रवाह गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरे ।
उक्त एपमार्फत कोरोनासम्बन्धी आवश्यक जानकारी लिइ रोग नियन्त्रण र रोकथाममा सहयोग पुर्याउन आम नागरिकलाई अनुरोध गरिएको छ । उक्त एपमा राखिएका तथ्य तथ्याङ्क राष्ट्रिय सूचना केन्द्रमा समेत रहनेछन् । कोभिड– १९ का सम्बन्धमा तथ्यपरक र एकीकृत तथ्याङ्क राख्न एप फलदायी हुनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोभिड– १९ सम्बन्धी जानकारी र सूचना एकीकृतरुपमा प्राप्त गर्न सकियोस् भन्ने हेतुले तयार गरिएको एपबाट प्रयोगमा सहज र सरल गराउने तथा दुरुपयोग नहोस् भन्नेमा उच्च सतर्कता हुन आवश्यक रहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: