तनहुँ । कोभिड–१९ सङ्क्रमणबाट मुलुक अस्तव्यस्त बनिरहेको अवस्थामा तनहुँको दक्षिण भेगमा पर्ने ऋषिङ गाउँपालिकाले अर्को प्राकृतिक विपद्को समेत सामना गर्नुपरेको छ । गत वैशाख ४ गते आएको हावाहुरीले तनहुँको ऋषिङ गाउँपालिका–४ मधुबनटारका १० घरमा पूर्ण क्षति पु¥याउँदा करिब ५० जना प्रभावित भएका हुन् । हावाहुरीले घरमा बस्नै नमिल्ने गरी क्षति पुगेपछि त्यसका बासिन्दा गाउँपालिकाले प्रदान गरेको एक–एक थान त्रिपालको भरमा उनीहरु रात बिताउन बाध्य छन् ।
क्षति पुगेका घरधुरीलाई ऋषिङ गाउँपालिकाले केही राहत प्रदान गरेको छ । हावाहुरीले क्षति पुगेका घरको अवस्था हेरी गाउँपालिकाद्वारा रु पाँच हजारदेखि बढीमा रु १० हजारसम्म सहयोग गरिएको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए । वर्षात्को समय भएकाले सुरक्षितरूपमा बस्न तत्काल लागि एक–एक थान त्रिपाल पनि सहयोग गरिएको छ । उनले भने, “हावाहुरीले सबै घरमा पूर्ण क्षति पुगेपछि कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।”
घटनास्थलमा प्रहरीको मुचुल्का र वडा कार्यालयको सिफारिसमा गाउँपालिकाद्वारा पारित आपतकालीन कार्यविधिअनुरुप राहत प्रदान गरिएको हो । पीडितलाई थप राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरी पठाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए। केही दिनअघि अहिलेसम्मकै ठूलो असिना परेको ऋषिङ गाउँपालिकामा लाखौँको बर्खे फलफूलमा क्षति पुगेको छ । उनीहरुको तथ्याङ्क सङ्कलन जारी रहेको गाउँपालिकाले जनाएको छ ।
कोभिड–१९ बाट सुरक्षित हुने आह्वान गरिएको लकडाउनको समयमा विपन्न तथा ज्याला मजदुरी गरी खाने परिवारलाई पहिलो र दोस्रो चरणको राहत वितरण गरिसकेको छ । पहिलो चरणमा ८११ र दोस्रो चरणमा ७७६ गरी हालसम्म एक हजार ५८७ घरपरिवारलाई राहत वितरण गरिसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । “अब तेस्रो चरणका राहत वितरणका लागि तथ्याङ्क सङ्कलन गरेका छौँ”, उनले भने, “तेस्रो चरणमा चार हजार घरधुरीलाई राहत वितरण गर्ने लक्ष्य राखिएको छ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: