Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अमेरिकी उपराष्ट्रपतिकी मुख्य सहयोगी कोरोनाभाइरस सङ्क्रमित

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट पछिल्लो घटना देखिएको हो।

उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा शुक्रवार कोरोनाभाइरस पोजिटिभ देखिएको जनाइएको छ।

ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक परीक्षण गर्न थालेको छ र राष्ट्रपतिलाई सङ्क्रमणबाट जोगाउन ूहरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेकोू कार्यालयले जनाएको छ।

अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या शुक्रवारसम्म ७६ हजार नाघेको छ।

अमेरिकाका कतिपय राज्यहरूले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन हटाउन अब शुरू गर्दैछन्।

शुक्रवार वाशिङ्गटन डीसीमा जहाज रोकिरहेको ठाउँबाट उपराष्ट्रपति पेन्सको टोलीका ६ जना सदस्यलाई अचानक विमानबाट ओर्लिन लगाइएको थियो। उनी आएवामा धार्मिक नेताहरूसँग भेटघाट गर्न जाँदै थिए।

परिचय नखुलाइएका स्रोतले जनाएअनुसार ती कर्मचारीहरू उपराष्ट्रपति पेन्सकी प्रेस सहयोगी मिलरसँग सम्पर्कमा थिए। केटी मिलर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी स्टेफन मिलरकी श्रीमती हुन्।

ह्वाइट हाउसमा रिपब्लिकनहरूसँगको एउटा बैठकमा राष्ट्रपति ट्रम्पले संवाददाताहरूलाई भने, \'केटी एक असल महिला हुन्।\'

\'उनी लामो समयदेखि परीक्षणहरूमा खरो उत्रिएकी थिइन् र अहिले आएर कोरोनाभाइरस परीक्षण गर्दा उनमा पोजिटिभ देखियो।\'

राष्ट्रपति कार्यालयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप फैलिन सक्ने सम्भावनाबारे संवाददाताहरूले प्रश्न गर्दा ट्रम्पले भने, \'तपाईँले गर्न सक्ने भनेको सावधानीका उपायहरू अवलम्बन गर्ने हो र तपाईँले गर्न सक्नेमा उत्कृष्ट कुरा गर्नुपर्छ।\'

यसअघि शुक्रवार ट्रम्पले आफूले मास्क लगाउन थालेको फक्स न्यूजलाई बताएका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending