काठमाडौं । मानव समाजमै आतंक मच्चाईरहेको कोरोना भाईरसबाट शुक्रबार विहानसम्म संक्रमित हुनेको संख्या ३९ लाख १६ हजार ३३८ पुगेको छ ।
यसैगरी मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७१ जना पुगेको छ । सबैभन्दा बढी संक्रमण मृत्यु अमेरिकामा भएको छ भने चीनबाट फैलिएको मानिएको चीनमा शुक्रबार १ जनामा मात्रै संक्रमण देखिएको छ । अहिले चीनमा २६० जनामा संक्रमण छ भने १८ जना गम्भिर छन् ।
अमेरिकामा फेरि ह्वात्तै बढ्न थाल्यो
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । बिहाबार मात्रै अमेरिकामा २९ हजार ५३१ जना कोरोना संक्रमित भेटिएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ९२ हजार ६२३ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार ९ सय २८ पुगेको छ । जसमा २ हजार १ सय २९ जनाको भने पछिल्लो २४ घण्टामा मात्रै भएको छ ।
बिहीबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ६३ हजार थियो भने मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ९९ पुगेको थियो ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेको छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेको छ । सोमबार र आइतबार भने यो संख्या घटेर निकै तल आएको थियो । मंगलबारदेखि फेरी ह्वात्तै बढेको छ ।
अमेरिकामा आइतबार कोरोनाका कारण १ हजार १५३ को मृत्यु भएको थियो भने सोमबार १ हजार ३२४ जनाको मृत्यु भएको थियो । तर फेरि मंगलबार, बुधबार र बिहीबार दैनिक मृत्युसंख्या दोब्बरले बढेको देखिएको छ ।
कुल संक्रमितमध्ये २ लाख १७ हजार २५० जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ९८ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १५.६ हजार ९९५ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भएको छ । अहिलेसम्म न्यूयोर्कमा ३ लाख ३७ हजार ४२१ जना संक्रमित भएका छन् भने २६ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ । बिहीबार मात्र त्यहाँ ३ हजार ९ सय ३० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ सय ९ जनाको मृत्यु भएको छ ।
अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८३४ पुगेको छ । त्यहाँ एकैदिनमा बिहीबार मात्र २६२ को मृत्यु भएको छ भने २ हजार ४७ नयाँ संक्रमित थपिएका छन् । यो सँगै न्यूजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख ३५ हजार पुगेको छ ।
भारतमा तीव्र बन्दै कोरोना
कोरोना संक्रमणका कारण भारतमा मर्नेको संख्या तीव्र रुपमा बढिरहेको छ । बिहीबार मात्र १ सय ४ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ८९ पुगेको छ ।
बिहीबार ३ हजार ३ सय ६४ संक्रमित फेला परेसँगै संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: