Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

प्रधानमन्त्री मोदीद्धारा कोराेनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रसंशा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा लागिरहेका स्वास्थ्यकर्मीहरुको प्रसंशा गरेका छन्। उनले चिकित्सक, नर्स तथा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले यस्तो महामारीको बेलामा पनि उच्च मनोबलका साथ काम गरेको बताएको हो ।

उनले स्वास्थ्यकर्मीहरुले भगवान गौतम बुद्धले जस्तो सन्देश विश्वलाई नै दिएका पनि बताए । भगवान गौतम बुद्ध जयन्तीका अवसरमा आज दिएको सन्देशमा उनले सो कुरा बताएको हो ।

यसअघि पनि उनले कोरोना भाइरसका विरुद्धमा संघर्ष गरिरहेका भारतका स्वास्थ्यकर्मीहरुका साथमा समग्र भारतीय नागरिक र विश्व नै रहेको र उनीहरु एक्लो नभएको बताएका थिए ।

भारतमा लकडाउन जारी नै रहेको छ भने त्यहाँ दिन प्रतिदिन ठूलो संख्याका संक्रमितहरु थपिँदै गएका छन् । यस्तो अवस्थामा आज गौतमबुद्ध पूर्णिमाको अवसरमा उनले सबै भारतीय जनता स्वास्थ्यकर्मीहरुको साथमा रहेका बताएको हो ।

उनले ती स्वास्थ्यकर्मीहरुका साथमा सबै भारतीय रहेका बताउँदै भनेका छन्– कोरोना भाइरसविरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन । यो महामारीका विरुद्धमा संसार नै छ ।

भगवान गौतम बुद्ध बलिदानको उच्चतम विन्दुको नाम हो भन्दै आज विश्वले नै उनलाई सेवा र बलिदानका पर्यायका रुपमा हेरिरहेको धारणा पनि राखे।

आफ्नो दृढ इच्छाशक्तिका माध्यमबाट गौतम बुद्धले विश्वमा परिवर्तन ल्याएको र विश्वलाई नै शान्तिको मार्गमा हिँडाउन उच्चतम प्रयास गरेको सो सम्बोधनका क्रममा उनले बताएका छन् ।

उहाँले कोभिड १९ का विरुद्धमा लडिरहेका विश्वकै स्वास्थ्यकर्मी तथा सबैको प्रसंशा गर्नुभयो । प्रधानमन्त्री मोदीले यो कुनै एक देश वा क्षेत्रको नभएर विश्वकै शत्रुका रुपमा देखापरिरहेको भन्दै यसका विरुद्ध लड्न विश्व नै एकताबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिए ।

्उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राखे।

सबै नागरिक घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही भएको धारणा सो सन्देशमा राखेका छन् ।

उनले सो सन्देशमा यतिखेर भारतीय नागरिकले प्रदर्शन गरेको धैर्यता नै विश्वका अरु देशका लागि पनि उदाहरण भएको भन्दै यो महामारीलाई पूर्ण रुपमा नहराउँदासम्म भारत सरकारका निर्णयलाई साथ दिँदै सबैजना घरमै बस्न पनि उनले आग्रह गरे ।

प्रधानमन्त्री मोदीले अहिले अप्ठेरो अवस्थामा भए पनि भोलिका दिनमा छिट्टै नै यो महामारीबाट विश्व नै मुक्त हुने र अध्यारो अवस्थाबाट उज्यालोतर्फ लाग्ने बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending