काठमाडौं । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ ।
बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धतिबाट परीक्षण शुरु गरेपछि आइतबार १६ र मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ जनामा संक्रमण भेटिएको थियो ।
५६ जनाको स्वाब सङ्कलन
नेपालगञ्जमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्क्रमितको सूचनाका आधारमा उनीहरुको सम्पर्कमा रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का पाँच स्थानबाट गए रातिसम्म तिनको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।
खजुरास्थित कोरोना आइसोलेशन अस्पतालमा राखिएका सङ्क्रमितले भनेअनुसार उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाव लिइएको हो । स्वास्थ्यकर्मीले गए राति अबेरसम्म बसेर कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेका हुन् ।
राति अबेर भएपछि ससाना बालबालिका घर गएका थिए । बाँकी १५ जनाको आज स्वाब सङ्कलन गरिने श्रेष्ठले जानकारी दिए । नेपालगञ्ज– ८ को जोलाहनपुरुवा टोलबाट २२ सङ्क्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा रहेका आसपासका टोलमा समुदायस्तरबाट स्वाब सङ्कलन शुरु गरिएको हो । गए राति सङ्कलित स्वाब आज परीक्षण गरिने छ ।
यही वैशाख १९ गते ६० वर्षीय एक जनामा सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको परीक्षण गर्दा २२ सङ्क्रमित फेला परेका थिए । अहिले २३ जनाको सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्दै स्वाब लिने काम भइरहेको फोकल पर्सन श्रेष्ठको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्ठन र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा स्वाब सङ्कलन शुरु गरिएको श्रेष्ठले जानकारी दिए ।
यसैबीच पहिलोपटक कोरोना भाइरस पोजेटिभ भेटिएका नेपालगञ्ज–७ का ६० वर्षीय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई पछ्याउँदै परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाब सङ्कलन गरिएकामा २२ जनामा कोरोना पोजेटिभ पुष्टि हुँदा घरपरिवारका सदस्यको नतिजा भने नेगेटिभ आएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।
सङ्क्रमितका श्रीमती, बुहारीसहित चार दाजुभाइको रिपोर्ट नेगेटिभ आएको हो । परिवारको रिपोर्ट नेगेटिभ आएपछि टोलबासीले उनीहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।
गत शुक्रबार ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उनको परिवारलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइमा राखिएको थियो । मेसु थापाका अनुसार आठ घरका २३ जनामा कोरोना संक्रमण फैलिएको छ । पहिलो सङ्क्रमितबाटै कोरोना फैलिएको हो वा अरु सङ्क्रमित पहिलो थियो भन्नेबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको डा थापाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: