Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

घर जान नपाएपछि विमानस्थल अगाडिको मुख्य सडकमै धर्ना

बाँके । निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरु नेपालगञ्जमै अलपत्र परेका छन् । अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा जिल्ला बाहिर रहेकै समयमा कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र परेका सो जिल्लाका नागरिक नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

यहाँ कोरोनाको जोखिम बढेपछि निजी वायुसेवा कम्पनीले एकाएक उडान स्थगित गरेको बताइएको छ । यसअघि पछिल्ला दुई दिनमा यहाँबाट झण्डै ३०० यात्रुलाई हवाईमार्ग हुँदै सो जिल्ला ओसारिएको थियो । यहाँ रहेका ४९५ जनामध्ये अब अझै १९५ जना यही अलपत्र परेको अनुमान छ ।

ती मध्ये सोमबारका लागि टिकट लिएका ७० जनाभन्दा बढी यात्रु विमानस्थलमा अलपत्र परेका छन् । टिकट काटिसकेका उनीहरुले विमानस्थल पुग्दा उडान नहुने जानकारी पाएपछि आफूहरु घर जान पाउनुपर्ने माग गर्दै विमानस्थल अगाडिको मुख्य सडकमै धर्ना दिनुपरेको जनाएका छन् ।

यात्रु वर्ष भण्डारीले विमानस्थलतर्फ जाँदा आजदेखि उडान नहुने जानकारी पाएपछि विमानस्थलको मुख्य प्रवेश मार्गमै धर्नामा बस्नुपरेको बताएका छन् । यहाँबाट सो स्थानमा उडान भर्दै आएका जहाजका चालकले उडान भर्न नमान्दा सो स्थान जाने यात्रु यही रोकिएका हुन् ।

समिट एयरले लकडाउन अवधिभर उडान स्थगित गरेको जनाएको छ । सो जिल्लावासीको मागलाई मध्यनजर गर्दै सो जिल्लाका नागरिक ओसार्ने काम शनिबारबाट शुरु भएको हो । सीता एयरका तीनवटा, तारा र समिट एयरका एक÷एकवटा जहाजमार्फत यहाँ फसेका सो जिल्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिकको उद्धार शुरु भएको थियो ।

यीमध्ये विद्यार्थी, अपाङ्ता भएका व्यक्ति, साठी वर्षमाथिका नागरिकलाई प्राथमिकता दिएर ओसार्न शुरु भएको थियो । कोरोना भाइरसको जोखिम बढेपछि एकाएक उडान स्थगित गरिएको जनाइएको छ । जिल्ला बाहिर फसेका नागरिकलाई हवाईमार्गबाट उद्धारका लागि सो जिल्लाका जनप्रतिनिधिको आग्रहअनुसार पर्यटन मन्त्रालयले सडक सञ्जाल नजोडिएका हिमाली जिल्लाका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending