Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु

काठमाडौ । कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको छ । कतिपय सडकमा कालोपत्र त कतिपयमा आवश्यक संरचना निर्माण थालिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

ढोहाहिटी–लेले, कर्मनाशा खोला–गोदावरी कुण्ड, इमाडोल–लामाटार र जोरपाटी–सुन्दरीजल सडकमा निर्माण शुरु भएको हो । यी सडकमा रुख काट्ने, ह्विमपाइप हाल्ने, पर्खाल र पैदल यात्रु मार्ग निर्माणगायतका काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । निर्माण सामग्री र जनशक्ति उपलब्ध सडकमा नै निर्माण अघि बढिरहेको उनले बताए । उनले भने, “धेरै जनशक्ति नचाहिने र उपलब्ध सामग्रीबाटै गर्न सकिने काम भइरहेको छ ।”

चापागाउँ–ढोलाहिटी सडकमा दुईवटा ठेक्कामध्ये एउटामा काम भइरहेको र अर्कोमा नभएको आयोजनाले जनाएको छ । टाखेलबाट लेलेसम्मको खण्डमा अहिले आवश्यक पूर्वाधार निर्माण भइरहेको उनले बताए। यहाँ सडक निर्माणका लागि भित्ता खन्ने र आवश्यक स्थानमा पुर्ने काम भइरहेको छ । यो वर्ष लक्षित गरिएको जति भने गर्न नसकिने उनले बताए । उनले भने, “उपलब्ध जनशक्ति र साधनले जति सम्भव हुन्छ त्यति नै काम भइरहेको हो ।”

सुन्दरीजल–जोरपाटी सडकमा दुईवटा ठेक्कामध्ये दुवैमा काम भइरहेको छ । यो सडकमा पनि संरचना निर्माणकै काम बढी भइरहेको छ । यहाँ रुख हटाउने, हिमुपाइप राख्ने, पैदल यात्रु मार्ग निर्माणलगायतका काम अघि बढेको प्रमुख अधिकारीले बताए। यस सडकमा ६७ रुख हटाउनुपर्ने भए पनि अहिलेसम्म ५८ रुख मात्रै हटाइएको छ । नौ रुख विद्युत्को तारका कारण हटाउन सकिएको छैन । रुख हटाउनका लागि विद्युत् प्राधिकरणलाई पत्राचार गरिएकामा प्राधिकरणले ‘सट डाउन’ गर्नुपर्ने भए पनि अहिले गर्न नसकिने बताएको थियो । उनले भने, “अहिले लकडाउनका समयमा धेरैले अनलाइन कक्षा सञ्चालन गरिरहेकाले सट डाउन गर्न नसकिने प्राधिकरणले भनेको छ ।”

निर्माणाधीन इमाडोल–लामाटार सडकमा तीन ठेक्कामध्ये अहिले दुई ठेक्कामा काम भइरहेको छ । यो सडकमा पनि ह्विमपाइप बिच्छाउने काम भइरहेको छ भने गोदावरी सडकमा पैदलयात्रु मार्ग निर्माणकै काम भइरहेको छ ।

अहिले भइरहेकै सामग्री र जनशक्तिबाट निर्माण भइरहे पनि जनशक्ति र निर्माण सामग्री थप्न सकिने अवस्था छैन । डिभिजन सडक कार्यालय काठमाडौँले ‘ओभर ले’ शुरु गरेकामा अहिले निर्माण सामग्री नहुँदा निर्माण अघि बढिरहेको छैन । विस्तारित सडकमा पनि सडक पूर्णरुपमा काम गर्न निर्माण सामग्रीको अभाव रहेको छ । ललितपुरको लेले र काभ्रेपलाञ्चोकको दोलालघाटबाट निर्माण सामग्री ल्याइने गरेकामा अहिले सामग्री ल्याउन नसकिएको प्रमुख अधिकारीले बताए ।

त्यस्तै, कतिपय जनशक्ति पनि काम नहुँदा केही समय पहिले घर फर्किएका थिए । उनले भने, “काठमाडौँमै रहेका कामदारलाई काम लगाए पनि अहिले जिल्लाबाट ल्याउन सकिने अवस्था छैन ।”

आयोजनाले चालु आवमा झण्डै आठ किमी सडक कालोपत्र र २५ किमी सडकमा पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको थियो । आंसिकरुपमा काम भइरहे पनि लक्ष्यअनुसार गर्न नसकिने उनले बताए । शुरु भएका ठेक्कामा पनि निर्माण सामग्रीको अभावसँगै यातायातको पनि समस्या रहेको छ । उनले भने, “हामीलाई आवश्यक मात्रामा पास उपलब्ध भइरहेको छैन ।”

सरकारले विसं। २०७२ मा उपत्यकामा १० सडक विस्तार शुरु गरेको थियो । आयोजनाले काठमाडौँमा चार, ललितपुरमा पाँच र भक्तपुरमा एउटा सडक र दुई पुलको निर्माण शुरु गरेको थियो । तीमध्ये त्रिपुरेश्वर–कङ्की–नागढुङ्गा सडक निर्माण सम्पन्न भएर आवश्यक मर्मतको काम भइरहेको छ । चाबहिल–साँखु सडकमा पनि थोरै सडक मात्रै कालोपत्र बाँकी छ । निर्माणाधीन दुई पुलमध्ये बिजुलीबजारस्थित धोबीखोला पुल केही महिना पहिले नै निर्माण सम्पन्न भएर सञ्चालनमा छ भने तीनकुनेस्थित वाग्मती पुल अझै अलपत्र अवस्थामा छ ।

पहिले साबिक छ÷सात मिटरसम्म चौडाइ रहेको सडकलाई २० देखि २२ मिटर चौडा बनाउने गरी ठेक्का सम्झौता भएको थियो । त्यतिबेला निर्माणस्थल खाली गराउँदै काम गर्ने भन्दै सरकारले ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि कतिपय स्थानमा निर्माणस्थल खाली हुन सकेको छैन ।

विस्तारका क्रममा रहेका अधिकांश स्थानमा सडकसँगै घर भएका स्थानीयवासीले सरकारसँग घर र जग्गा दुवैको मुआब्जा मागेका छन् । सडकलगायत कुनै पनि पूर्वाधार निर्माण गर्दा जग्गाको मुआब्जा दिने नियम छैन । मुआब्जा विवादसँगै सडकमा रहेका रुख, बिजुलीको खम्बालगायत संरचना हटाउन लामो समय लागेकाले पनि ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending