जुम्ला । भारत तथा तेस्रो मुलक र जिल्ला बाहिरबाट जुम्ला भित्रिने नागरिकलाई यहाँका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेपनि मापदण्डअनुसार क्वारेन्टाइन नभएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा आइतबार रिट दायर गरिएको छ । नेपालको संविधान धारा, १४४(१) (२) बमोजिम विशेष तथा उपयुक्त अन्तरिम आदेशसहितको परमादेशको आदेश जारी गरी पाऊँ भनी निवेदक अधिवक्ता पदमबहादुर शाहीले रिट दायर गरेको हो ।
मुख्यमन्त्री, मन्त्रिपरिषद्को कार्यालय, मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसहित जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाविरुद्ध रिट दायर गरिएको हो । त्यसैगरी सहायक प्रजिअ, संयोजक, क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन समिति जुम्लालाई पनि दायर रिटमा विपक्षी बनाएको छ ।
कानून व्यवसायी अधिवक्ता शाहीका अनुसार मापदण्डअनुसार क्वारेन्टाइन नभएको, बाहिर जिल्लाबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा नराखिएको, क्वारेन्टाइनमा राखिए पनि निमुखा सर्वसाधारण व्यक्तिलाई राखिएको छ । उनले भने, “बाहिर जिल्लाबाट आएका जोसुकै व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने हो तर पहँुच भएको व्यक्तिलाई नराखिएको भन्ने जनगुनासो बढेकाले अदालतमा रिट दायर गर्नु परेको हो ।”
क्वारेन्टाइनमा पनि बसेका व्यक्तिहरुले आवश्यक व्यवस्थापन पनि नभएको भन्ने जनगुनासो बढेपछि अदालतबाट रिट दायर गर्नु परेको उनले बताए । त्यसैगरी क्वारेन्टाइनमा राखिएका व्यक्तिको पनि समयमा कोरोना परीक्षण गरिएको छैन । कोरोना परीक्षणका लागि समयमा किट पनि ल्याउन नसकिएकाले अदालतमा रिट दायर गर्नु परेको जनाएको छ ।
क्वारेन्टाइन स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को विपरीत लकडाउनबीच स्थानीय प्रशासनलाई समेत प्रभावमा पारी हजारौँ मानिसलाई जिल्ला भित्र्याएकाले कोरोना भाइरस फैलने त्रास बढेको दायर रिटमा उल्लेख गरिएको छ ।
बाहिर जिल्लाबाट गृह जिल्लामा आएका व्यक्तिलाई अनिवार्य १४ देखि १७ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्य परीक्षण गरी रोगको सङ्क्रमण नदेखिएमा मात्र घर जान पाउने व्यवस्था रहेको छ । गत १० चैतदेखि जुम्लामा १० हजार ३४९ जना बाहिरबाट गृह जिल्लामा भित्रिएका छन् । बाहिरबाट आएकामध्ये ६२६ जना क्वारेन्टाइनमा बसेका छन् भने ४५३ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले तथ्याङ्क सार्वजनिक गरेको छ ।
त्यसैगरी ५५८ जना होम क्वारेन्टाइनमा बसेका छन् । पाँच सय एकजनाको कोरोना परीक्षण गरिएको सबै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । जिल्लाभर ७३४ श्ययाको क्वारेन्टाइन र १२० श्ययाको आइसोलेशन अस्पताल रहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: