Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

लकडाउन अझै खुकुलो बनाउन पहल शुरु

म्याड्रिड । कोरोनाभाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् ।

सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने जनाएलगत्तै ४८ दिनदेखि कैदीझैं घरभित्र बस्न बाध्य स्पेनी नागरिकहरु पहिलोपल्ट जगिङ गर्न, साइकल कुदाउन र रोलरस्केटमा हुँइकिन सडकमा देखिएका छन् ।

विश्वभर कोरोनाभाइरसबाट २ लाख ४२ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यहीबीच युरोप र संयुक्तराज्य अमेरिकाका केही भागमा प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न विश्वको आधाभन्दा बढी जनसंख्यालाई लकडाउनमा राखिएको छ भने विश्व अर्थतन्त्रमा व्यापक मन्दी छाएको छ ।

संक्रमणको फैलावट नियन्त्रणमा आएको संकेत देखिएसँगै युरोप र संयुक्तराज्य अमेरिकामा केही सातादेखि बन्द रहेका उद्योग व्यवसाय खोल्न थालिएको छ । लकडाउनमा बन्धकझैं जीवन बिताउनु परेका मानिसले जनजीवन खुकुलो बनाउन दिनहुँ दबाब दिएपछि सरकारहरुले पनि बैकल्पिक सोच अघि सारेका छन् ।

विश्वमै कोरोनाभाइरसका कारण ठूलो संख्यामा नागरिक गुमाएको इटालीमा दुई महिनाको लकडाउनपछि सोमबार मानिसहरूलाई पार्कमा घुम्न र आफन्तहरूलाई भेट्न अनुमति दिइने छ । रेस्टुरेन्टबाट खानेकुरा किनेर लैजान पाइने छ भने ठूला होलसेल स्टोरहरूले व्यवसाय पुनः सुरु गर्न सक्नेछन् ।

हंगेरीमा केही स्टोरहरू र संग्रहालयहरू, रेस्टुरेन्ट र होटलहरूको बाहिरी ठाउँ, समुद्र तट र नुहाउने ठाउँ सोमबारदेखि पुनः खोल्न पाइने छ । तर राजधानी बुडापेस्टमा प्रतिबन्धहरु यथावत रहनेछ किनभने यहाँ देशभित्र कोरोना संक्रमितको कूल संख्याको झण्डै ७० प्रतिशत घटनाहरू रेकर्ड गरिएको छ ।

जर्मनीमा पनि यस साताको शुरुदेखि नै लकडाउनलाई अझ खुकुलो पारिँदैछ । केही क्षेत्रका स्कूलहरू फेरि खोल्ने अपेक्षा गरिएको छ भने स्लोभेनिया र पोल्याण्डमा केही व्यवसाय र सार्वजनिक ठाउँहरूमा मानिसलाई जमघट हुन दिइने छ ।

फ्रान्सले आगामी मे ११ पछि आंशिक रूपमा आफ्नो लकडाउन खुकुलो बनाउने जनाएको छ ।

स्वास्थ्य विशेषज्ञहरूले सामान्य लापरवाहीले पनि यो रोग पुनः फैलिने खतरा औंल्याएसँगै युरोपेली सरकारहरुले सामाजिक दूरीलाई कडाईका साथ पालना गर्ने, मास्कको प्रयोग अनिवार्य गर्ने तथा बढीभन्दा बढी परीक्षण गर्नेमा जोड दिएका छन् ।

इटालीका आपतकालीन सेवाका कर्मचारी डोमेनिको आर्कुरीले “हामीले सामाजिक दूरी कायम गर्नुपर्छ, स्वच्छताको स्तर कायम गर्नुपर्छ, र मास्कको प्रयोग बढाउनु पर्छ” भने ।

चिन्ताका बाबजुद शनिबार स्पेनमा लकडाउन खुकुलो पारिएसँगै मानिसहरुमा खुशी छाएको थियो । सात हप्तादेखि सरकारले लगाएको कडा प्रतिबन्धका कारण घरभित्रै बस्न बाध्य नागरिकहरु व्यायाम गर्न र स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउँदा खुशीले रमाएका थिए । कोरोनाभाइरसकै कारण स्पेनमा २५ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

उता, संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसका कारण लकडाउनमा बस्न विवश नागरिकहरुले नेताहरुमाथि जनजीवनलाई सहज तुल्याउन दबाब दिइरहेका छन् । अमेरिकामा उद्योग व्यवसाय बन्द हुँदा करोडौं मानिस बेरोजगार भएका छन् भने लकडाउनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।

हतियार सहितका केही प्रदर्शनकारीको भीडले न्यु ह्याम्पशायर र केन्टकीमा लकडाउन विरुद्ध चर्को विरोध प्रदर्शन गरेको छ जबकि क्यालिफोर्नियाको हन्टिङ्टनको समुद्री बीचमा केही सर्फरहरूले स्थानीय सुरक्षाकर्मीको आदेशको समेत बेवास्ता गरेका थिए ।

“सर्फिङ यहाँको अत्यावश्यक व्यवसाय हो” २५ वर्षे टोडले एएफपीलाई बताए ।

संयुक्तराज्य अमेरिकामा विश्वमा सबैभन्दा बढी कोरोनाभाइरसका कारण मानिसको मृत्यु भएको छ र राष्ट्रपति डोनाल्ड ट्रम्प आर्थिक पीडा कम गर्न निकै उत्सुक देखिनु भएको छ ।

अमेरिकाका कतिपय क्षेत्रमा महामारीको असर कम हुँदै गएको देखिएको छ । न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा निर्माण गरिएको आपतकालीन फिल्ड (अस्थायी) अस्पताल बन्द गर्न लागिएको छ ।

अमेरिकाका जेलमा संक्रमणको ठूलो लहर देखा परेको अधिकारीहरुले बताएका छन् । अमेरिकी कारागारमा हाल २३ लाख कैदीबन्दी छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending