Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

काठमाडौँ उपत्यकामा गाडीको चाप बढेपछि थप सतर्कता, सबै नाकामा डिसइन्फेक्सन टनेल राखिने

काठमाडौ । कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दीको अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायले गाडीको चापलाई व्यवस्थित गर्न र रोगको सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्थालाई थप चुस्त पार्न थालेको हो । आवश्यक अन्य सुरक्षा सावधानीसमेत अपनाउन थालिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आवश्यक सुरक्षा व्यवस्थाका साथै रोगको सङ्क्रमण भित्रिन नदिन उत्तिकै तयारीका साथ लागेको बताए ।

सोही सिलसिलामा आज मात्रै प्रजिअ दाहाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालसहितको टोलीले उपत्यकाको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै गाडीको आवतजावत, हालको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने योजनाका बारेमा जानकारी लिएका छन् ।

“अहिलेसम्मको लकडाउनको अवस्थाको मूल्याङ्कन गर्दै आगामी दिनमा उपत्यकामा हुनसक्ने सम्भावित जोखिम रोक्ने विषयमा नै हाम्रो ध्यान छ, त्यहीअनुसार आवश्यक सुरक्षा र सावधानी अपनाउन थालेका छौँ, नयाँ नयाँ स्वास्थ्य सुरक्षा रणनीतिसमेत बन्दै छ”, प्रजिअ दाहालले भने । नागढुङ्गा नाकामा भएको सवारी आवागमनको अवस्था र यहाँ हालै स्थापना गरिएको डिसइन्फेक्सन टनेल र यसको प्रभावकारिताका बारेमा समेत उनीहरुले जानकारी लिनुएका छन् ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्पिङ र जर्सिङपौवा नाका मुख्य छ । नागढुङ्गामा जसरी अन्य नाकामा समेत टनेल राख्ने योजना बनाइएको छ । हुमाने र फर्पिङमा टनेल राख्ने तयारी गरिएको प्रजिअ दाहाले बताउनुभयो । क्रमशः अन्य नाकामा पनि राख्दै जाने योजना रहेको उल्लेख गर्दै भने, “भारतबाट आउने मालबाहक सवारीमा विशेष निगरानी बढाउनुपर्ने अवस्था छ, अहिले सवारीलाई डिसइन्फेक्सन गर्ने काम थालिएको छ, यात्रुलाई समेत डिसइन्फेक्सन कसरी गर्न सकिन्न भन्नेमा सोच अघि बढाएका छौँ ।”

सडकमा राखिएको उक्त टनेलमा गाडी प्रवेश गरेपछि विभन्न ठाउँमा राखेको केमिकलयुक्त पानीको फोहराले गाडीलाई डिसइन्फेक्सन गराउँछ । यसले बाहिरबाट आएका सवारी साधनका किटाणुलाई रोक्ने दाबी छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा मानिसको शरीरमा हानि नहुनेखालको केमिकल प्रयोग गरिएको टनेल राख्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार मानिसका लागि हानि नहुनेखालको केमिकल प्रयोग भए पनि अहिलेसम्म गाडीलाई मात्रै हालिएको छ । यहाँ प्रभावकारी भएमा काठमाडौँको मुख्य नाका र देशका प्रमुख शहरमा यस्तै टनेल राख्ने योजना रहेको उनले सुनाए। यद्यपि यसको प्रभावकारिताका बारेमा भने प्रश्न उठेको छ ।

सोही क्रममा कार्यस्थलमा खटिएका सुरक्षाकर्मीले वर्तमान अवस्था र आइपरेका समस्याका बारेमा प्रजिअ दाहाललाई जानकारी गराएका थिए । मुख्यगरी बाहिरबाट पास लिएर आउने गाडीको चाप बढी देखिएकाले यसतर्फ सचेत हुनुपर्ने सुरक्षाकर्मीको सुझाव थियो ।

वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने भन्दै आवाज उठ्न थालेको छ । लकडाउनलाई निरन्तरता दिए पनि केही खुकुलो पार्नुपर्ने आवश्यकता देखिन्छ । सर्वसाधारणले ४०÷४२ दिनसम्म एउटै कोठामा बसेर राज्यलाई सहयोग गरेकामा प्रजिअ दाहालले धन्यवाद दिँदै भने, “लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्छ, विकास निर्माणका काम थालिएको, कृषि कार्य शुरु भएकाले सुरक्षा सावधानी अपनाएर थप खुकुलो गर्नुपर्ने आवश्यकता छ ।”

गाडीको डिसइन्फेक्सनसँगै सुरक्षा व्यवस्थासमेत उत्तिकै चुस्त पारिएको छ । विशेष सुरक्षा सतर्कता अपनाएर बाहिरबाट उपत्यकामा गाडी प्रवेश गराइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले बताए । राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिरहेको छ । राज्यको नीति निर्देशनलाई कार्यान्वयन गर्दै समस्याको सहजीकरण गर्ने तथा सवारीको जाँच र अभिलेखीकरणलाई दुरुस्त पार्न थालिएको उनले बताए ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत उत्तिकै मात्रामा खटिएका छन् । उपत्यकामा विगतका दिनमा भन्दा अहिले सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही शुरु गरेको छ । बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेको छ । राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायतको चाप बढेको प्रहरीले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending