बनियानी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि काठमाडौँमा रहेका ५३८ जनालाई झापा ल्याइएको छ ।
लकडाउन लम्बिएसँगै समस्यामा परेका उनीहरुलाई काठमाडौँबाट झापा ल्याइएको हो । झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले दुई चरणमा ५०० जना र मेची अभियान झापाले ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । सांसद साँवाले झापाबाट काठमाडौँ अध्ययन, रोजगारी, मजदूरी, विभिन्न पेशा व्यवसायका लागि गएकाहरुलाई ल्याइएको बताए । “लकडानका कारण समस्यामा परेको गुनासो आएपछि दुई चरणमा १७ वटा गाडी पठाएर ल्यायौँ”, उनले भने, “केहीले आफ्नो भाडा आफैँ तिरे भने भाडा तिर्ने अवस्था नभएकाहरुलाई निःशुल्क ल्याइयो ।” त्यसरी ल्याइएकाहरु झापाका १५ वटै स्थानीय तहका नागरिक हुन् ।
त्यस्तै, झापाको मेची अभियानले काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । ती सबै विद्यार्थी मेचीनगर नगरपालिकाका हुन् । काँकडभिट्टाबाट गाडी पठाएर उनीहरूलाई निःशुल्क घर आउने व्यवस्था मिलाइएको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।
काठमाडौँको विभिन्न कलेजमा अध्ययनरत् उनीहरु लकडाउन लम्बिएसँगै समस्यामा परेका थिए । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी र गृहमन्त्री रामबहादुर थापासँग समन्वय गरेपछि उनीहरुलाई झापा ल्याइएको संयोजक डालमियाको भनाइ छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: