डोटी । लकडाउनको अवधिमा जिल्ला बाहिरबाट आएका ९० स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेसँगै उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको हो ।
जिल्ला भित्रिएकामा सबैभन्दा बढी पूर्वीचौकी गाउँपालिकाका ३४, बोगटान फुड्सिल गाउँपालिकाका १९, केआइसिंह गाउँपालिकाका ९, आदर्श गाउँपालिकाका ७ तथा शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका दुई÷दुई जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई जना दिपायल सिलगढी नगरपालिकाका भए पनि उनीहरुलाई पूर्वीचौकी गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने गरी जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय डोटीलाई कुनै जानकारी नदिई ती नागरिक एक्कासी डोटीको बुडर पुगेपछि सोधखोज गरेर क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
कैलालीको धनगढीबाट लकडाउनपछि घर फर्किएका जोरायल गाउँपालिका–५ गड्सेराका १२ तथा वडा नं १ गैराका पाँचलाई सम्बन्धित वडाका क्वारेन्टाइनमा राखिएको छ । कैलालीमा कोरोनाका सङ्क्रमित भेटिएको र कैलालीसहित अन्य जिल्लाबाट डोटीमा आउनेलाई क्वारेन्टाइनमा राखिने नियमअनुसार उनीहरुलाई क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए । उनले भने, “जिल्ला बाहिरबाट आउने नागरिकबाट कोरोना सङ्क्रमण फैलिनसक्ने भएकाले त्यसको रोकथामका लागि हामीले कैलालीबाट घर आएका १२ जनालाई क्वारेन्टाइनमा राखेका छौँ, अन्य आउनेलाई पनि राखिनेछ ।”
क्वारेन्टाइनमा राखिएकाको दैनिक स्वास्थ्य जाँच गरिनुका साथै खानबस्नको उचित व्यवस्था मिलाइएको वडासचिव शेरबहादुर विष्टले जानकारी दिए । कैलाली र कञ्चनपुरमा कोरोना सङ्क्रमित देखिएसँगै डोटीमा अहिले कोरोना रोकथाम तथा नियन्त्रणमा निकै कडाइ गरिन थालिएको छ । जिल्लाका नौवटै स्थानीय तहले जिल्ला बाहिरबाट आउने नागरिकको तत्थ्याङ्क सङ्कलन गर्नुका साथै क्वारेन्टाइनमा राख्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा एक हप्ता पहिले जिल्ला बाहिरबाट आएकालाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णयअनुसार अहिले जिल्ला बाहिरबाट आउने जो–कोही नागरिकलाई क्वारेन्टाइनमा राखिन थालिएको हो ।
लकडाउनका कारण काठमाडौँमा फसेका अन्य ७३ स्थानीयवासी सोमबार जिल्ला आइपुगेका छन् । उनीहरुलाई पनि २१ दिन क्वारेन्टाइनमा राखिएको छ । यहाँका स्थानीय तहको पहलमा काठमाडौँमा रहेका आ–आफ्ना नगरपालिका तथा गाउँपालिकाभित्रका लकडाउनमा फसेका नागरिकलाई ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । सम्बन्धित उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय तहमा पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
खोप सेवा पुनः शुरु
जिल्लामा लकडाउनका कारण एक महिनादेखि रोकिएको खोप सेवा पुनः शुरु भएको छ । स्वास्थ्य सेवा विभागले नियमित खोप सेवा शुरु गर्ने परिपत्र गरेसँगै जिल्लाभरिमा नियमित खोप सेवा शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न खोप तालिकाअनुसार दिन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए
बालबालिकालाई बिसिजी, डिपिटी, दादुरा–रुवेला, एफआइपिभी, पोलियो, जापनिज इन्सेफ्लाइटिस र पिसीभीलगायतका रोगविरुद्धका १२ प्रकारका खोप दिइने गरिन्छ । खोप जन्मेदेखि १५ महिनाभित्र दिइने गरिन्छ । लकडाउनको समयमा जिल्लभरिमा अवरुद्ध भएका सबै खोप सेवा सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: