Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नतिजा विश्वसनीय नदेखिएको भन्दै भारतद्वारा लाखौँ चिनियाँ आरडीटी किट किन्ने योजना रद्द

नयाँ दिल्ली । भारतले परीक्षणको नतिजा विश्वसनीय नदेखिएको भन्दै चीनबाट थप आरडीटी किट नकिन्ने निर्णय गरेको छ। यो निर्णयसँगै द्रुत परीक्षणका लागि प्रयोग हुने १० लाख थान किट चीनबाट ल्याउने भारतको योजना स्थगित भएको छ।

देशका विभिन्न राज्यमा प्रयोग हुन बाँकी भएका किटहरू पनि भारतको केन्द्र सरकारले फिर्ता पठाउन निर्देशन दिएको छ।

चिनियाँ किट प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूको रगतमा भएको एन्टीबडी पत्ता लगाउन सक्ने अपेक्षा गरिएको थियो।

आरडीटी परीक्षणको परिणाम हेर्न ३० मिनेट मात्रै लाग्ने र कुनै निश्चित क्षेत्रमा सङ्क्रमणको अवस्था बुझ्न सहयोग हुने अपेक्षासहित व्यापक रूपमा आरडीटी किट प्रयोग गरिएको थियो।

आरडीटीले कोरोनाभाइरस शरीरमा सकृय रूपमा भए नभएको निर्क्योल गर्न सक्दैन।

धेरै वैज्ञानिकले कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन हाल प्रयोग भइरहेको आरडीटी विधिमाथि प्रश्न उठाएका छन्।

चीनले भारतको दाबीको खण्डन गरेको छ।

\'चीनबाट निर्यात हुने स्वास्थ्य सामग्रीहरू प्राथमिकतामा रहेका हुन्छन्। चिनियाँ उत्पादनलाई दोषपूर्ण भन्नु र यो विषयलाई पूर्वाग्रही हिसाबले हेर्नु केही व्यक्तिहरूको अन्यायपूर्ण र गैरजिम्मेवारपूर्ण कुरा हो,\' चिनियाँ दूतावासका प्रवक्ता जी रोङले एउटा विज्ञप्तिमा भनेका छन्।

भारतका केही राज्यलेआवश्यकताअनुसार परीक्षण हुन नसकेको अवस्थामा इन्डीयन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) लाई र्‍यापिड टेस्ट किट प्रयोग गर्न दिन दबाव दिएका थिए।

सुरुमा अनिच्छुक भएको भए पनि आईसीएमआरले अन्ततस् दुई चिनियाँ कम्पनीका किट ल्याएर परीक्षण गर्न अनुमति दिएको थियो।

परीक्षणलगत्तै राज्यहरूले ती किटको विश्वसनीयता पाँच प्रतिशतजति मात्रै भएको बताएका थिए।

उनीहरूले कोरोनाभाइरस पुष्टि भएका व्यक्तिमा परीक्षण गर्दा समेत आरडीटीको परिणाम भने नेगेटिभ देखिएको बताएका छन्।

आईसीएमआरले ती टेस्ट किटको जाँच गर्दा गुणस्तरहीन भएको ठहर गरेको थियो।

सोमवार दिल्ली उच्च न्यायालयले त्यस्ता परीक्षणको दर तोकेर सरकारले धेरै पैसा तिरेको सङ्केत गरेपछि यो मुद्दा झन् पेचिलो बनेको थियो।

अधिकारीहरूले रद्द गरिएको खरिदका लागि अहिलेसम्म पैसा नतिरिएको हुनाले भारतलाई आर्थिक भार नपर्ने बताएका छन्। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending