Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भक्तपुरमा नयाँ मानिसको प्रवेश निषेध, गाउँगाउँका नाकाबन्द

भक्तपुर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका नाका बन्द गरिएका छन् ।

सूर्यविनायक नगरपालिकाको परोपकार शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । सडकमा बाँसको तगारो राखेर सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यो सडकमा दुई सातादेखि नै रोक लगाएको हो । नयाँ मान्छेको ओहोरदोहोर बढेपछि कोरोना सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासीले लकडाउनका समयमा नयाँ मान्छे र जथाभावी सवारीसाधनको आवतजावत रोक्न यस्तो व्यवस्था गरिएको स्थानीयवासी सुरेश खड्काले जानकारी दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–५ कटुञ्जे लामडाँडा, भुजुटोल, सुशीला भैरवका स्थानीयवासीले लकडाउनलाई उल्लङ्घन गर्नेको सङ्ख्या बढेको भन्दै नाका बन्द गरेको छ । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारी साधन र प्रेसबाहेक अन्य सवारी साधन चलाउन नपाइने र बाहिरका मानिसलाई गाउँमा प्रवेश निषेध गर्नेगरी बाटो बन्द गरेको स्थानीयवासीको भनाइ छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलको विभिन्न नाकामा स्थानीयवासीले बन्द गराएको वडाध्यक्ष किरण थापाले जानकारी दिए । उनले लकडाउनको व्यापक उल्लङ्घन भएको र नयाँ मान्छेको आवतजावत बढेको भन्दै स्थानीयवासीले आफ्नो गाउँटोलमा बाहिरका मानिसलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन बन्द गराएको बताए ।

लकडाउनलाई कडारुपमा कार्यान्वयन गराउन वडा कार्यालयले समेत प्रत्येक टोलमा १०÷१० जनाका दरले स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष थापाले जानकारी दिए । गुण्डुको भित्री टोल जाने सडकमा पनि तगारो हालेर बाटो बन्द गरिएको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको धेरै टोलमा नयाँ मान्छेको प्रवेशमा रोक लगाउनुका साथै सवारीसाधन प्रवेशमा रोक लगाएको छ ।

त्यसैगरी चाँगुनारायण नगरपालिका–९ सौडोलमा पनि बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ । सौडोलबाट खड्का गाउँहुदै जाने सडकमा एकतर्फीरूपमा जान दिए पनि फर्कन भने नदिने गरेका छन् । सञ्चारकर्मीको टोली समाचार सङ्कलनका क्रममा पुग्दा जान दिए पनि सोही मार्ग भएर फर्कन भने नदिएको हो । मध्यपुरथिमि नगरपालिका–१ जडीबुटीस्थित बिपी आँखा अस्पताल क्षेत्र आसपासमा काठमाडौँ र भक्तपुर जोड्ने हनुमन्ते खोलाको फलामे पुलमा स्थानीयवासीले तगारो राखेर आवतजावतमा रोक लगाएपछि यसको व्यापक विरोध भएको छ । विरोधका कारण आठ दिनपछि प्रहरीको सक्रियतामा स्थानीयवासीले उक्त तगारो हटाएर आवतजावत सहज बनाएका छन् ।

अपरिचित नयाँ मान्छेको आगमन हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले स्थानीयवासीले आफ्नो गाउँ टोल छिर्ने नाकामा यसरी तगारो राखेर सडक बन्द गराई प्रवेश निषेध गरिएको छ । सिपाडोलका अंशुम कार्कीले कोरोना सङ्क्रमति एक जना नयाँ मान्छे गाउँ पसेमा सिङ्गो गाउँमा नै सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले आफ्नो गाउँका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि बाटो बन्द गराउनुपरेको बताए ।

स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर नै बाटो बन्द गराएको स्थानीयवासीको दाबी छ । सरकारले लकडाउन गरेको बेलामा यसै पनि आवतजावत रोकिनुपर्ने हो तर लकडाउनको उल्लङ्घन गर्दै बाहिरबाट अपरिचित व्यक्तिको आवतजावत देखिन थालेपछि बाटोमा तगारो राखेर बन्द गराएको स्थानीयवासीको भनाइ छ । यसले सरकारले लागू गरेको लकडाउनको कार्यान्वयमा सहज बनाएको उनीहरुको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहलाई जानकारी नदिई यसरी सडक बन्द गराउनु गैरकानूनी काम हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सडक बन्द गराएको कसैले उजुरी नदिएको जनाएको छ । सडक अवरोधले समस्या पर्यो भनेर स्थानीय तहमा पनि गुनासो आएको छैन ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending