Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

लकडाउनले रोकिएको महाकाली करिडोरको काम सुरु हुँदै

दार्चुला । १ महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली करिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो ।

कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न क्षेत्रमा काम सञ्चालन गर्नका लागि योजनाले तयारी थालेको हो । लकडाउनले ६ प्याकेजमा जारी काममध्ये केही ठाउँमा १/२ दिनभित्रै सञ्चालन गर्ने तयारी भइरहेको योजना प्रमुख अच्युतविलास पन्तले बताए । ‘सडक निर्माण सुरु गर्न प्रक्रिया अघि बढाएका छौँ”, उनले भने, “काम सुरु गर्न निर्माण व्यवसायी परिचालन हुँदैछन् ।’

यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण पूरै प्रभावित हुने अवस्था आएपछि निरन्तर समन्वयपछि निर्माण व्यवसायी काम सञ्चालन गर्न तयार भएका छन् । योजना सञ्चालन गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि निरन्तर छलफलपछि सुरु हुने अवस्थामा पुगेको योजना प्रमुख पन्तको भनाइ छ । दार्चुलाको महाकाली कोरिडोर जोड्ने लास्कु खोला र निजङगाड खोलामा पुल निर्माण गर्ने निर्माण व्यवसायी जिल्ला आइसकेका छन् । पुलको पिलर राख्न गिट्टी आवश्यक हुने हूँदा क्रसरको लागि पहल भइरहेको छ ।

व्यास गाउँपालिका–४ सिनादेखि वडा नं २ को कोठेधारसम्मको ९ किलोमिटर सडक निर्माणको ट्र्याक खुलाउने गरी निर्माण व्यवसायी फिल्डमा पुगिसकेका छन । ‘एक/दुई दिनभित्रै मेशिनमार्फत काम सञ्चालन हुँदैछ’ दार्चुला तिङ्कर सडक योजनाका इञ्जिनियर एवं सूचना अधिकारी दिनेश रैखोलाले भने, ‘काम सञ्चालन गर्न कार्यस्थलमा साइट दिएका छौँ, कार्यालयको तर्फबाट फिल्ड पुगेर ठेकेदारलाई साइट दिएका हौँ ।’

विगतमा दार्चुला तिङ्कर सडक योजनाअन्तर्गत सञ्चालन भएको यो क्षेत्रमा कोठेधारमा कोरिडोरमार्फत काम हुँदैछ । हालसम्म यो क्षेत्रको ४० किलोमिटर सडकको साधारण ट्र्याक खुलाइएको छ । निर्माण सुरु भएको १० वर्षपछि यो क्षेत्रमा साधारण बाटो खुलाइएको हो । अहिले व्यास गाउँपालिकाको सुनसेरासम्म नियमितरूपमा ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् ।

यस्तै बैतडीको सलेसना र डडेल्धुरा क्षेत्रमा सडकको ट्र्याक खुलाउन साइट दिन कार्यालयले सवइञ्जिनियर मुकेन्द्र मल्ललाई खटाइएको जनाएको छ । काम गर्ने समयावधि सकिन लागेको भन्दै योजनाले निर्माण व्यवसायीलाई समन्वय गरी काम सञ्चालन गराउन लागेको हो ।

बि.स २०८० मा सक्ने गरी सुरु गरिएको महाकाली कोडिरोडरको काम लक्ष्यअनुसार सकिनेमा अझै आशङ्का छ । विकास निर्माणको काम द्रुत गतिमा हुने महिनामा लकडाउन हुँदा योजनाको काम सोचेअनुसार अघि बढाउन नसकिएको कार्यालयले जनाएको छ । अहिले पनि जिल्ला प्रशासन कार्यालयमार्फत निर्माण व्यवसायीलाई परिचालन गर्न पासको व्यवस्था गरेर परिचालन गरिएको योजनाले जनाएको छ । पुलको काम पनि ढलानको लागि तयारी गरिँदै छ ।

‘अहिले पनि लकडाउनले निर्माण व्यवसायीलाई मजदुर पाउन मुस्किल भइरहेको गुनासो गर्ने गरेका छन्’, योजना प्रमुख पन्तले भने, ‘तर पनि हामीले काम गर्नुपर्छ भनेर ताकेता गरेका छौँ ।’ कञ्चपुरको ब्रह्मदेवदेखि दार्चुला तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै हालसम्म ट्र्याक खुलेको छ । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँग भएको सम्झौता चालु वर्षमा सकिँदैछ । योजना प्रमुख पन्तले भने, ‘अब नयाँ बहुवर्षीय सम्झौता गरेर आगामी वर्षदेखि थप काम अगाडि बढाइने योजना छ ।’

करिडोरको काम २०६६ देखि सुरु भएको हो । महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ । भारत र चीनसँग जोडिने मुख्य सडकको रूपमा यो सडकलाई लिइएको छ । हालसम्म कोरिडोरको काम सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्दछ ।

कार्यालयका अनुसार हालसम्म ३३ करोड रुपैयाँको लागतमा दार्चुलामा ५२, बैतडीमा ६२ र डडेल्धुरामा ११ किलोमिटर ट्र्याक खोलिएको छ भने कञ्चनपुरमा भने काम सञ्चालन हुन सकेको छैन । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies