Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

काठमाडौमा एक लाखले गरे लकडाउन उल्लङ्घन

काठमाडौ । कोरोनाको सङ्क्रमण हुन नदिन र भइहाले पनि सहज तबरले उपचारको प्रबन्ध गर्न सरकारले स्वास्थ्यकर्मीलाई विशेष तालीम दिइरहेको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सङ्क्रमितलाई एक स्थानदेखि अर्को स्थानसम्म लैजानका लागि एम्बुलेन्स चालक, सहयोगी र स्वास्थ्यकर्मीलाई तालीम दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार हालसम्म नेपाली सेनाका ६५० र सशस्त्र प्रहरी बलका १२० जनालाई नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा तालीम दिइएको छ ।

दैनिक उपभोग्य वस्तुको आयातमा चाहिँदैन पास

सिसिएमसीका अनुसार सरकारको निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूधजन्य सामग्री, पशुपक्षी तथा माछाको आहारा आदि ढुवानी गर्न कुनै पनि पास नचाहिने व्यवस्था गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाको सहयोगमा महानगरभित्र विभिन्न स्थानमा तरकारी तथा फफूल बिक्री केन्द्र स्थापना गरी सेवा दिइएको छ । ती बिक्री केन्द्रबाट काठमाडौँवासीले सहज रुपमा तरकारी तथा फलफूल लिन सक्ने भएका छन् ।

लामो दूरीमा ढुवानी गर्ने यातायाताका साधनका लागि तथा श्रमिकको सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, सवारी साधन मर्मत गर्ने स्थान तथा आवश्यक होटल सञ्चालनमा ल्याइएको छ ।

एक अर्बभन्दा बढीको औषधि आयात

लकडाउन शुरु भएपछि वैशाख १३ गतेसम्म कूल रु एक अर्ब १३ करोड ३७ लाख १९ हजार बराबरको तयारी औषधि आयात भएको छ । यस्तै रु २५ करोड ८१ लाख ८५ हजार बराबरको औषधिको कच्चापदार्थ आयात भएको डा देवकोटाको भनाइ छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको हो । यस्तै भारतबाट कूल ९१ हजार ४५६ मेट्रिक टन खाद्य पदार्थ, २६ हजार ८२ मेट्रिक टन दाल, ४४ हजार २३५ मेट्रिक टन तरकारी, ११ हजार १३८ मेट्रिक टन फलफूल, ३६ हजार ४४२ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । सोही अवधिमा कूल १७ हजार ४९६ किलोलिटर इन्धन आयात भएको छ ।

बयासी हजार सुरक्षाकर्मी परिचालित

लकडाउनको समयमा झण्डै ८२ हजार ६५० सुरक्षाकर्मी परिचालित गरिएको छ । नेपाली सेनाका कूल सात हजार ४८६, नेपाल प्रहरीका ४२ हजार १२, सशस्त्र प्रहरी बलका ३१ हजार १५५ र राष्ट्रिय अनुसन्धान विभागका कूल एक हजार ९९७ जना जनशक्ति परिचालित गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय सीमाबाट आवागमनमा कडाइका साथ निगरानी गर्न सशस्त्र प्रहरी बल नेपालबाट साबिकका ६५० चेक प्वाइन्ट रहेकामा हाल बढाएर एक हजार २१३ कायम गरिएको र २२ हजार ६१६ जनशक्ति परिचालन गरिएको छ ।

नेपाल भारत सीमा नाकाका नेपालतर्फ एक हजार ७६ भारतीय र भारततर्फ दुई हजार २० नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । रुपन्देही नाकाबाट २९६, कपिलवस्तुबाट ३५ गरी कूल ३३१ जना भारतमा रहेका नेपाली नागरिकलाई ल्याई क्वारेन्टाइनमा राखिएको छ । यस्तै रुपन्देहीबाट १५२ र कपलिवस्तुबाट ३६ गरी कूल १८८ जना नेपालमा रहेका भारतीयलाई भारत पठाइएको छ ।

झण्डै एक लाखले गरे लकडाउन उल्लङ्घन

गत चैत ११ गतेदेखि वैशाख १३ गतेसम्म झण्डै एक लाखले लकडाउन उल्लङ्घन गरेको पाइएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ९९ हजार ४१९ जनाले लकडाउन उल्लङ्घन गर्दा ४३ हजार ७६१ सवारीसाधनसमेत कारवाहीमा परेका छन् । तीमध्ये कूल ९९ हजार ४१४ र ३५ हजार ४२३ सवारी साधनलाई छाडिएको छ । केही भने थप कारवाहीका क्रममा छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending