काठमाडौं । भारतबाट आएर सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसिरहेका १५ जना नेपालीमा औलो देखिएको छ। उनीहरू अधिकांश पुरुष छन्। कोरोना भाइरस फैलन नदिन व्यवस्था गरिएको क्वारेन्टाइनमा औलोको प्रकोप बढ्न सक्ने देखिएपछि स्वास्थ्य अधिकारी चिन्तित भएका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ‘भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिमा औलो देखिएको हो। महिलाभन्दा पुरुषमा औलो बढी पाइएकोे छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले भने। औलो संक्रमित सबै व्यक्तिको उपचार भइसकेको उनले बताए।
‘आफैँट सुरु गरौं, औलोलाई शून्यमा झारौं’ भन्ने नाराका साथ शनिबार विश्व औलो दिवस मनाइरहँदा नेपालमा यस रोगका बिरामी भेटिएका हुन्। विश्व स्वास्थ्य संगठनले अप्रिल २५ तारिखलाई विश्व औलो दिवसका रूपमा मनाउने गरेको छ। नेपालले सन् २०२५ मा औलोमुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ।
गर्मी सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगले क्वारेन्टाइनमा बस्नेहरूलाई पिरोल्न थालेको छ। अन्य व्यक्तिमा पनि औलो देखिन सक्ने सम्भावना रहेकाले परीक्षण बढाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार क्वारेन्टाइनका अन्य व्यक्तिका पनि स्वाब नमुना संकलन कार्य भइरहेको छ। कतिवटा क्वारेन्टाइनमा बसिरहेका व्यक्तिलाई औलो देखिएको हो भनेर उनले खुलाएनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले औलोका बिरामी भेटिएकाले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने खाँचो रहेको बताए। मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा शनिबार प्रवक्ता डा। देवकोटाले गर्मीमा औलोले प्रकोपको रूप लिन सक्ने बताए। ‘गर्मी सुरु भएको छ। औलोको प्रकोप देखिने समय आउँदै छ’, उनले भने, ‘क्वारेन्टाइनमा रहेका व्यक्तिमा पनि औलोको परीक्षण गर्दा पोजिटिभ देखिएको छ। अब क्वारेन्टाइनमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। गुणस्तरमा पनि वृद्धि गर्नुपर्ने हुन्छ।’
लकडाउनमा फुर्सद भएकाले व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिन उनले आग्रह गरे। घरभित्र र घर वरपर, करेसाबारीजस्ता ठाउँमा सरसफाइ गरौं। घरनजिकै पानी जम्ने ठाउँ भए पुरौं’, उनले भने, ‘विशेषगरी गर्भवती र बालबालिकालाई लामखुट्टेको टोकाइबाट जोगाऔं। झुलको प्रयोग गरौं।’ औलोका कारण विश्वमा प्रत्येक दुई मिनेटमा एक बच्चाको ज्यान जाने गरेको उनले बताए।
जोखिम न्यूनीकरणका लागि लामखुट्टेविरुद्ध विषादी छिर्काउ कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिइएको उनको भनाइ छ। औलो संक्रमणबाट गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा पर्छन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: