Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत : भारतीयको बिदाइ, ३५ भित्रिए, ३६ लाई पठाइयो भारत

लुम्बिनी । लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोक्न लागु गरिएको लकडाउनपछि भारतीय क्वारेन्टाइनमा बसेका नेपाली शुक्रबारदेखि नै नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ । उनीहरुलाई सीमा क्षेत्रमा नेपाली जनप्रतिनिधि तथा अधिकारीले स्वागत गरेका थिए ।

रुपन्देहीको भैरहवास्थित नीमा–प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका १५४ र कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ३६ भारतीयलाई आज भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका नगर प्रमुख हरिप्रसाद अधिकारीका अनुसार शिक्षालयको क्वारेन्टाइनमा राखिएका मजदूरलाई भारतीय अधिकारीसमक्ष आज हस्तान्तरण गरिएको हो । नेपालका विभिन्न ठाउँमा काम गर्ने भारतीयलाई लकडाउनका कारण हिँडेरै घर जाने क्रममा सीमा बन्द भएपछि नेपाल भारत सीमा क्षेत्र दशगजाबाट नेपाली क्वारेन्टाइनमा ल्याएर राखिएको थियो ।

उनीहरुलाई गत चैत १८ गते नेपाल सरकारको निर्देशनमा सिद्धार्थनगर पालिकाको व्यवस्थापनमा प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएको थियो । स्वदेश फर्कनुअघि क्वारेन्टाइनमा २५ दिन बिताएका भारत कानपुरका हेमन्त कुमारले भने, “लकडाउनको कारण २५ दिन क्वारेन्टाइन बस्नुपर्दा नेपाली पक्षका तर्फबाट व्यवस्थापन राम्रो भयो, कुनै प्रकारको समस्या ब्यहोर्नु परेन ।”

सिद्धार्थनगर पालिका भैरहवाले दैनिक दुई पटक नास्ता र बिहानसाँझ खानाको व्यवस्थासहित व्यवस्थित ढंगले कोठामा राखेको पालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताउनुभयो । क्षेत्रीका अनुसार क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यवस्था नियमित रुपमा जाँच गर्न नगरको स्वास्थ्य शाखाकोे टोली तथा सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको थिए ।

यसैबीच भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपाली पनि स्वदेश फर्किने क्रम जारी छ । शुक्रबार सांँझ १०१ जनालाई स्वदेश फर्काएको थियो भने आज थप १ १२ नेपाली स्वदेश फर्केका छन् । अन्य आउने क्रम जारी छ ।उनीहरु २५ दिनदेखि नौतनवा क्वारेन्टाइनमा बसेका थिए । भारतबाट नेपाल फर्किनेहरुको बेलहियामा कोरोना संक्रमणको आरडिटी गरेर मात्र मुलुक प्रवेश गराइएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले बताए ।

क्वारेन्टाइनमा रहेका सबैलाई एकै पटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। नौतनवा क्वारेन्टाइनमा रहेकामध्ये २९८ जनालाई नेपालआउने अनुमति दिइएको छ । यद्यपि नौतनवामा रहेका तीन क्वारेन्टाइनमा ३४६ जना छन् । मार्च ३० पछि क्वारेन्टाइनमा आएकाहरुलाई अहिले अनुमति नदिएको बताइएको छ ।

३५ भित्रिए, ३६ लाई पठाइयो भारत
चन्द्रौटा– कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ । चौध दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीलाई आज आरडिटी गरी नेपाल भित्र्याइएको छ ।

भारतका चण्डीगढ, दिल्ली, पञ्जाबलगायत ठाउँमा रोजगारीका लागि गएका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीलाई नेपाल प्रवेश र भारतीयलाई भारत पठाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सबैको स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश गराइएको जनाइएको छ ।

भारतबाट नेपाल प्रवेश गराएका नागरिकलाई गन्तव्यसम्म नगरपालिकाले पु¥याइने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । नेपाल भित्रिएका अधिंकाश नागरिक दाङ, रुपन्देही र कपिलवस्तुका हुन् । नेपाल प्रवेश गरेका सबै नागरिकको आरडिटी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउन लागिएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies