नेपालगञ्ज । नेपालगञ्जका मुसलमान समुदायले आजदेखि शुरु भएको पवित्र पर्व रमजानको रोजामा कोरोना भाइसर समाप्तिको प्रार्थना गरेको छ । रोजाका बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेकामा यस वर्ष कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण घरमा नै बसेर रोग समाप्तिको प्रार्थना गरिएको केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम् धर्मगुरु मौलाना अव्दुलजव्वार मञ्जरीले बताए ।
‘कोरोना भाइरस महामारीले लकडाउनका कारण देशमा बन्द छ नागरिक आआफनो घर बसिरहेका छन् । यस्तो अवस्थामा रमजानको रोजा पनि घरमै प्रार्थना गरेर शुरु भएको छ’, धर्मगुरु मञ्जरीले भने, ‘कोरोना भाइरसका कारण परम्परागत धार्मिक तरिकाले मनाउन नपाइएकोले यो वर्ष रमजानको रोजामा कोरोना भाइरस अन्त्यको कामना गरिएको छ ।’
उनका अनुसार बन्दाबन्दीका कारण रमजानको रोजामा चाहिने खजूर बजारमा नपाइने भएकोले स्थानीयस्तरमा पाइने फल वा घरमा नै बनाइएको पकवानबाट रोजा खोल्न आग्रह गरिएको छ । एक महीनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बी उपवास बस्ने गर्छन् जसलाई ‘रोजा’ भनिन्छ । अङ्ग्रेजी पात्रोअनुसार रमजानको रोजा आजदेखि शुरु भएको छ । इस्लामी पात्रो चन्द्रमाको गतिसँग सम्बन्धित तिथिमितिअनुसार तय हुन्छ । यसैले शाअबान महिना समाप्तिसँगै रमजान महिना शुरु हुँदा चन्द्रमा हेरेर रोजा शुरु गरिन्छ भने रमजान महिना समाप्तिको जानकारी पनि चन्द्रमा हेरेर नै हुन्छ ।
‘मानव जीवनलाई बचाउनका लागि सरकारले लकडाउनको समयलाई बढाएको छ तर दैनिक मजदूरी गरी परिवार पाल्नेलाई समस्या हुँदै गएको छ । यस्तो परिस्थितिमा समाजका सम्पन्न व्यक्तिले गरीबहरुलाई सहयोग गर्न अगाडि आउन जरुरी छ ’, अधिकारकर्मी आलम खान भन्छन्, ‘रमजानमा रोजा इफ्तार पार्टीमा खर्च हुने पैसालाई बचाएर विनाभेदभाव विपन्न व्यक्तिलाई सहयोग गर्न जरुरी भएको छ ।’
मुसलमान समुदायको पवित्र पर्व रमजानका अवसरमा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढ्ने गरी व्यवस्था मिलाउन सार्वजनिक आग्रहसमेत गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का केन्द्रीय सदस्य तथा नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले रमजान पर्वका क्रममा हुन सक्ने पारिवारिक भेटघाटलाई पनि सीमा दूरी कायम गर्दै सचेतना अपनाउन आग्रह गरे ।
कपिलवस्तुमा रमजान
कपिलवस्तुः इस्लाम धर्मावलम्वीको पवित्र महिना रमजान आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा विश्वभरका मुसलमान उपवास बस्ने चलनलाई रोजा भनिन्छ । यहाँको नेपाली मुसलमान समुदायले पनि राति खाना खाएर रोजा बस्न शुरु गरेको छ ।
रोजा बस्ने व्यक्तिका लागि सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्तनहुञ्जेल कुनै पनि खानेकुरा खान वा कुकर्ममा रोक लगाइएको प्रदेश ५ मदरसा बोर्डका उपाध्यक्ष तथा मौलाना मसहुद खाँ नेपालीले जानकारी दिए ।
रमजानको महिनामा दिनमा पाँच पटक नमाजका अलावा बेलुकी ‘तरावीह’ नाम दिइएको २० रिकात नमाज पढिन्छ । रमजानमा एक व्यक्तिले कमाएको पुण्य ५० व्यक्तिले पाएको पुण्य बराबर हुने विश्वास रहेको मुस्लिम इतिहात संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: