काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७६ औसत रह्यो । यस वर्ष चलचित्रले भन्दा कलाकारको विवाहले बढी चर्चा पायो ।
आजको गोरखापत्र दैनिकमा खबर छ - अघिल्लो वर्षको तुलनामा निकै कम नेपाली चलचित्र प्रदर्शनमा आए । केहीे मात्र दर्शकको रोजाइमा परे । दर्शकको मन जित्न सफल भएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ लाई कोरोनाको असरले हलमा टिक्न दिएन । अघिल्लो वर्ष ९६ वटा चलचित्र प्रदर्शनमा आएका थिए ।
२०७६ मा ५५ वटा मात्र प्रदर्शित भए । प्रदर्शन गर्ने भनिएका केही सिक्वेल फिल्म र कमेडी फिल्म कोरोनाका कारण प्रदर्शनमा आउन सकेनन् । समग्रमा भन्दा यो वर्ष केही सिक्वेल, केही कमेडी फिल्मले मात्रै लगानी उठाए । ‘दाल भात तरकारी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘जात्रै जात्रा’, ‘छ माया छपक्कै’, ‘घर’, ‘आमा’ र सेन्टी भाइरस’ले यस वर्षका लगानी उठाए ।
‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले लगानी उठाउँदै केही हदसम्म समीक्षकका साथ पनि पायो । यही फिल्मले विपिन कार्की र वर्षा राउतलाई सफल कलाकारका रूपमा उभ्यायो । सरकारले कोरोनाको नियन्त्रणका लागि देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै फागुनको अन्तिम र चैतमा प्रदर्शन हुने भनिएका झन्डै आधा दर्जन फिल्मको प्रदर्शन स्थगित भयो । कोरोनाका कारण सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउछु २’, फूलमान वलको ‘नीर फूल’, सन्तोष सेनको ‘प्रेम गीत ३’, निकेश खड्काको ‘चपली हाइट ३’, शिवहरि पौडेलको ‘लक्का जवान’ लगायतका फिल्मको प्रदर्शन स्थगित भयो ।
कोरोनाको कहरले फिल्मको प्रदर्शन मात्र नभएर छायाङ्कन पनि प्रभावित भयो । फिल्म ‘ए मेरो हजुर ४’ र ‘दुई नम्बरी’ लगायतको फिल्मको छायाङ्कन स्थगित गरियो । पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्र ‘सेल्फी किङ’ लाई दर्शकले नरुचाएको समीक्षकको निष्कर्ष छ ।
यस्तै विराज भट्टको फिल्म ‘साङ्लो’, अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘जाइरा’, अशोक शर्माको ‘रातो टीका निधार’ले पनि आफ्नो आम्दानी उठाउन सकेनन् । गत वर्षको जस्तै हाँस्य चलचित्रले र सिक्वेलले नै बढी प्राथमिकता पायो । जसमध्ये कतिपय फिल्मबारे त दर्शकले रिलिज भएको पत्तोसमेत पाएनन् । रातो गलबन्दी, काउसो, रेस, सानो मन, काँचुली, सुपर गोर्खेलगायतका थुप्रै फिल्मको चर्चा भएन ।
चलचित्र उद्योगले सफलता प्राप्त गर्न नसके पनि कलाकारको भने नयाँ जीवन सुरु भएको छ । वर्ष २०७६ लाई कलाकारको विवाहको वर्षका रूपमा लिन सकिन्छ । प्रेममा रहेका धेरै जोडीले यो वर्ष १० जोडीले विवाह गरे । दीपिका प्रसाईं र दिवाकर भट्टराईले वर्षको सुरुवातमा नै आफ्नो प्रेमलाई विवाहको नाम दिए । कोरियोग्राफर तथा निर्देशक रेनाशा बान्तवा राईले निर्माता तथा फिल्महल सञ्चालक प्रज्ज्वलशमशेर जबरासँंग विवाह गरिन् । सञ्चारकर्मी रवि लामिछाने र फिल्मकर्मी निकिता पौडेलबीच पनि विवाह भयो ।
अभिनेत्री कृति भट्टराईले यसै वर्ष लगनगाँठो कसिन् । उनले इन्जिनियर रोहित पौडेलसँग पारिवारिक जमघटकाबीच विवाह गरिन् ।
भाइरल तरकारीवाली कुसुम श्रेष्ठले समेत यही वर्ष लगनगाँठो जुराइन् । चलचित्र ‘लम्फु’ मा काम गरेकी उनले राजन श्रेष्ठसँग विवाह गरिन् । अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेश बिक्रम राणासँग, सोल्टिनी नामले परिचित रिश्मा गुरुङ र सन्दीप गुरुङले पनि वैवाहिक जीवन सुरु गरे । कलाकार विजय बराल र प्रमिला खनाल, आयुष्मान देशराज जोशी र प्रियङ्का कार्की, आँचल शर्मा र उदिप श्रेष्ठबीच विवाह भयो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: