Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

रोजगारी सिर्जना गर्न १० अर्बको कार्यक्रम ल्याउने तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको रोजगारी जोखिममा परेको छ ।

श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले रोजगारीको दोहोरो चापलाई थेग्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भएको बताए।

रोजगारीको अवसर गुमाएका सबैलाई समेट्ने गरी अहिलेका कार्यक्रमभन्दा फरक ढंगले स्वरोजगारका कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनको भनाइ छ।

सरकारले विदेशमा रोजगारी गुमाएर फर्केका, विदेश जान नपाएर रोजगारी गुमाएका एवं कोरोनाका कारण स्वदेशमै रोजगारी गुमाएका सबैलाई समेटेर रोजगारीका नयाँ कार्यक्रम ल्याउन लागेको हो। कोरोनाले विश्व नै जोखिममा छ।

रोजगारीका लागि दैनिक एक हजार तीन सयभन्दा बढी नेपाली विदेश जान वाध्य छन्। बर्सेनि ५ लाखभन्दा बढी श्रम बजारमा आउँछन्। कोरोनाले धेरैको रोजगारी गुम्ने संयुक्त राष्ट्र संघले समेत चेतावनी दिइसकेको छ। श्रम मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार कृषिमा आत्मनिर्भर हुने गरी नयाँ कार्यक्रम ल्याइनेछ ।

युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन। सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोष खडा गरे पनि अपेक्षाकृत स्वरोजगार सिर्जना हुन सकेको छैन। त्यस्तै सरकारले राष्ट्र बैंकमार्फत आधा दर्जनभन्दा बढी सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याए पनि लक्षित वर्गले सहजै ऋण पाउन सकेका छैनन्।

सहुलियत ऋण प्रदान गरी उधमशीलता बढाउन बैंक पूर्णरूपमा सक्षम हुन नसकिरहेको अवस्थामा छुट्टै संयन्त्र बनाएर स्वरोजगार सिर्जना गर्न सकिने सरोकारवालाले जोड दिन थालेका छन्। युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकरी निर्देशक विष्णुप्रसाद गौतमले रोजगारी र उद्यमशीलता बढाउन स्वरोजगार प्राधिकरण निर्माण गर्न आवश्यक भइसकेको बताए।

विभिन्न मन्त्रालयमा छरिएर रहेका उद्यमशीलता कार्यक्रम र सहुलियतका कर्जा समेटेर स्वरोजगार प्राधिकरण बनाउनुपर्ने उनको भनाइ छ। यद्यपि नयाँ संरचना खडा गरेर सरकारको दायित्व बढाउनेभन्दा पनि भएकै संरचनाबाट समन्वयात्मक संयन्त्रबाट काम गर्न बुद्घिमानी हुने विज्ञहरूले सुझाएका छन्।

श्रम मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार नेपालमा काम गर्न पर्याप्त अवसर भए पनि नेपाली स्वदेशमा भन्दा विदेशमा काम गर्न उत्साहित हुने गरेको बताए।

ठेलागाडामा तरकारी तथा फलफूल बिक्री गर्नेलगायत सानोतिनो लगानीमै प्रशस्त आम्दानी हुने स्वरोजारका अवसर प्रशस्त छन्। सीटीईभीटीलाई समेत समेटेर लाखौं युवालाई सिपमूलक तालिम दिएर स्वरोगार बनाइने घिमिरेले बताए।

गैर आवासीय नेपाली संघका सचिव रामकृष्ण शर्माले कोरोनापछि धेरै नेपाली नेपाल फर्कन चाहेकाले उनीहरूको व्यवस्थापन गर्न सरकारले सोच्नुपर्ने बताए।

कामदारको सुरक्षा पहिलो प्राथमिकता

खाडी तथा मलेसियास्थित नेपाली राजदूतहरूले कामदारको सुरक्षा पहिलो प्राथमिकतामा राखेको बताएका छन्। कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीले आगामी दिनमा रोजगारी गुम्ने खतरा रहे पनि तत्काल कामदारको सुरक्षामा ध्यान दिएको बताएका छन्।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिडियो कन्फेरेन्समा बोल्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले खाडी र मलेसियामा रहेका राजदूतबीच सहकार्य गरी कामदारको उपचार, खान बस्नमा समस्या नआओस् भनेर सबै देशका राजदूत सचेत भएको बताइन्। ती देशका राजदूतहरूले यसअघि भिडियो कन्फेरेन्समार्फत कोरोनाको प्रभावबारे अनुभव साटासाट गर्दै कामदारको सुरक्षाका लागि रणनीति तयार गरेका थिए।

ढकालले यस क्षेत्रका मुलुकले कोरोना संक्रमितको उपचारमा आप्रवासी कामदारलाई पनि आफ्ना मुलुकको नागरिक सरह व्यवहार गरेको बताइन्। उनले महामारीका कारण रोजगारदाता मुलुकहरू संकटमा पर्नसक्ने र यसबाट नेपालीहरूको रोजगारी गुमेर स्वदेश फकर्नुपर्ने अवस्था आउन सक्ने बताइन्।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित नेपालीको उपचारमा कुनै समस्या नभए पनि संक्रमित बढ्दै गए जोखिम बढ्न सक्ने बताए।

बहराइनमा ४९ जना नेपाली संक्रमित छन्। यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले सबैभन्दा पहिला आफ्नो सुरक्षामा ध्यान दिन जहाँ आफू बसेको हो त्यही सुरक्षित भएर बस्न र विद्यमान संकटपछि विकल्पहरूमा ध्यान दिन प्रवासमा रहेका नेपालीलाई आग्रह गरे।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: