चितवन । विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्दा जिल्लामा पुनःनिर्माणको काममा आशातित प्रगति हुन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले दिएको जानकारीअनुसार जिल्लामा ६६ दशमलव ९१ प्रतिशत लाभग्राहीले मात्र निजी आवास निर्माणको काम सम्पन्न गरी तेस्रो किस्तावापतको रकम भुक्तानी पाएका छन् ।
कार्यालयका इन्जिनीयर सुजन नेपालका अनुसार जिल्लामा रहेका सात हजार ७९७ जना लाभग्राहीमध्ये पाँच हजार २१७ जनाले तेस्रो किस्तावापतको रकम भुक्तानी लिइसकेका छन् । यस्तै दोस्रो किस्ता ७६ दशमलव ४५ प्रतिशत अर्थात् पाँच हजार ९६१ र पहिलो किस्ता ९५ दशमलव २ प्रतिशत अर्थात् सात हजार ४२३ जनाले निकासा गरेका छन् । लाभग्राहीले पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्तावापत रु एक लाख ५० हजार र तेस्रो किस्तावापत रु एक लाख पाउने गर्छन् ।
इन्जिनीयर नेपालका अनुसार पछिल्लो समयमा भूमिहीन लाभग्राहीको हकमा वन क्षेत्रमा बस्न पाउने निर्णय र गुनासो सुनुवाइमा थप भएका लाभग्राहीका कारण पहिलो किस्ता लिनेको सङ्ख्या बढेको हो । सोहीअनुसार दोस्रो र तेस्रो किस्तामा प्रगति ढिला भएको उनले जानकारी दिए । वन क्षेत्रको सार्वजनिक जग्गामा बसोबास गरेका एक हजार ११० परिवारको अहिले पहिलो किस्ताको रकम निकासा भइरहेको जनाइएको छ ।
भूकम्पका कारण आंशिक रुपमा क्षति भएका घरहरुको पुनःनिर्माणको काम भने अपेक्षाकृत रुपमा हुन सकेको छैन । जिल्लामा एक हजार ३६३ जना आंशिक लाभग्राही भएको भए पनि जम्मा दुईजनाले मात्र दोस्रो किस्ताको रकम निकासा गरेका छन् ।
पहिलो किस्तावापतको रकम एक हजार २२९ जनाले निकासा गरेका थिए । उनीहरुले पहिलो किस्तावापत रु ५० हजार र दोस्रो किस्तावापत रु ५० हजार पाउने गर्छन् । आंशिक क्षति भएकाहरुले प्राप्त गर्ने अनुदान रकम कम भएका कारण घर मर्मतको काममा चासो नदिएको बताइएको छ । पहिलो किस्ताको रकम निकासा गरेर पनि घर नबनाई बसेका लाभग्राहीले घरको पुनःनिर्माण गर्न नचाहेका कारण आंशिक क्षतितर्फ प्रगति हुन नसकेको उहाँको भनाइ छ ।
यस्तै लाभग्राहीले पहिलो किस्तावापतको रकम फिर्ता गर्नसमेत शुरु गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एकजनाले रकम फिर्ता गरिसकेका छन् भने अन्य छजनाले रकम फिर्ता गर्नका लागि वडा कार्यालयबाट निवेदन लिएर दर्ता गराएका छन् ।
विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकमा केन्द्रविन्दु भई विनाशकारी भूकम्प गएको थियो । भूकम्पका कारण नेपालमा करिब नौ हजार व्यक्तिले ज्यान गुमाएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: